नेभिगेसन मेनु

ल्हासाबाट काठमाडौं आउँदै गरेको हिमालय एयरलाइन्सको विमान पोखरातर्फ डाइभर्ट
सम्पादक:南亚网络电视
समय:2025-09-10 13:49

 

  picture1

काठमाडौं, भदौ २५, २०८२ – ल्हासाबाट काठमाडौंका लागि उडान भरेको हिमालय एयरलाइन्सको विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बन्द भएको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीएचआर) तर्फ डाइभर्ट गरिएको छ।

उडान नम्बर HIM775 दिउँसो १२:३५ बजे काठमाडौं अवतरण हुने तालिका थियो। तर टीआईएको एयरोड्रोम सञ्चालन बन्द भएपछि विमानलाई १:५९ बजे पोखरातर्फ अवतरण गराइएको हो।

विमानमा ६५ जना यात्रु र ७ जना चालक दलका सदस्य रहेका थिए। एयरलाइन्सका अनुसार सबै यात्रु र चालक दल सुरक्षित छन्। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै पोखरातर्फ डाइभर्ट गरिएको जनाइएको छ।

हिमालय एयरलाइन्सले यात्रुलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक व्यवस्था मिलाइने जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर