नेभिगेसन मेनु

अष्टिम्कीको मौलिकता जोगाउनुपर्नेमा थारू अगुवाको जोड
सम्पादक:南亚网络电视
समय:2025-08-12 12:08


astimki

एस् ए टी भी २७ साउन २०८२, काठमाडौंः पछिल्लो समयमा अष्टिम्की पर्वको मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने थारू अगुवाहरु जोड दिएका छन् ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. २ को आयोजनामा घोराहीमा सम्पन्न अष्टिम्की शुभकामना आदान–प्रदान कार्यक्रममा थारू अगुवाहरुले पछिल्लो समय अष्टिम्कीको परम्परागत मनाउने शैली र सांस्कृतिक मौलिकता हराउँदै गएकोले यसको मौलिकताको संरक्ष्ण गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले थारु समुदायको कला, संस्कृति तथा चाडपर्वको आफ्नै मौलिकता रहेको बताउनुभयो । तर पछिल्लो समयमा युवा पुस्ताले मौलिक स्वरूपभन्दा अलि तरिकाले पर्व मनाउने प्रवृत्ति देखिँदै आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । “यसको मौलिकता हराउन दिनु हुँदैन, यो मौलिकता हरायो भने हामी नै हराउँछौं,” चौधरीले भन्नुभयो, ‘‘हरेक जातजातिको कला र संस्कृतिको आफ्नै विशिष्ट महत्त्व छन् ।”

‘‘थारु समुदायमा पनि विभिन्न चाडपर्वहरू छन्, जसको सांस्कृतिक र सामाजिक महत्व गहिरो छ,” उहाँले भन्नुभयो, “यी पर्वहरूले परिवारभित्र एकता, समुदायमा आपसी सहयोग र समाजमा भाइचाराको सम्बन्ध मजबुत बनाउँछन् ।” यस अर्थमा हरेक चाडपर्वहरु आफैमा महत्व रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको चौधरीले भाषा, कला, संस्कृति रहेमात्र जातजाति रहने भएकाले आफ्नो भाषा, साहित्य तथा भेषभुषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सम्बन्धित समुदाय पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।  राज्यले पनि आदिवासी जानजाति समुदायको भाषा, साहित्य तथा कला, संस्कृतिको संरक्षण र प्रवर्धका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । यस्तै नेपाल संस्कृत विश्व विद्यलयका निर्देशक डा.जर्ममन चौधरी थारु समुदायको लोप भइरहेको भाषा, साहित्य तथा कला संस्कृतिको जगेर्णा गनुपर्ने कुरामा जोड दिनुभएको थियो । पछिल्लो समय अस्टिम्कीमो मौलिकता हराउँदै गएकाले त्यसको मौलकतालाई संरक्षण गर्दै अस्टिम्की पर्वलाई निरन्ता दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

सभाको क्षेत्र सभापति अनिल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाती प्रतिस्थानकी सदस्य बसन्ती चौधरी, मटाँवा चन्द्र प्रसाद चौधरी, फुलमान चौधरी लगायतले थारु गाउँमा अस्टिम्की मनाउने परम्परा हराउँदै गएकाले त्यसलाई बचाउन सबैले लाग्नुपर्ने जोड दिनुभयो । कार्यक्रममा साहित्यकार छविलाल कोपिलाले अस्टिम्कीको महत्व विषयमा प्रस्ट्याउनु भएको थियो । थारु कल्याणकारिणी सभाकी उपसभापति कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण थाकसका सचिव हिमलाल चौधरीले गर्नु भएको थियो । अष्टिम्की पर्व थारू समुदायमा महिलाहरू दुई दिनसम्म भव्यरुपमा मनाउँदै आएका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर