एस् ए टी भी असार १ काठमाडौं :शनिबार बेलुकी घरमा आगलागी हुँदा नरहरिनाथ-६ माल्कोट राताखालका रमाने विश्वकर्माको ८ जनाको परिवारको बिचल्ली भएको छ । नाबालक छोराले लाइटर बाल्दा कपडा सल्किएर भएको आगलागीमा लत्ताकपडा, अन्नपात, नगदसहित जलेपछि परिवारको बिचल्ली भएको हो ।
'लत्ताकपडा सल्किएर सुरु भएको आगो निभाउन सकिएन,' ५३ वर्षीय विश्वकर्माले गुनासो पोखे, '८ जनाको परिवार भोकै अर्काको गोठमा सुत्यौं । भारत गएर ज्याला मजदुरी गरेर जोडेको सबै सम्पत्ति खरानी भयो ।'
स्थानीयले नजिकको धाराबाट पानी बोकेर आगो निभाउने प्रयास गरे पनि निभाउन नसकिएको नरहरिनाथ-६ का वडाध्यक्ष पौराम विश्वकर्माले बताए ।