नेभिगेसन मेनु

सडकमा ढुङ्गा बिछ्याएपछि सहज
सम्पादक:南亚网络电视
समय:2025-06-09 12:40


humla sadak

एस् ए टी भी २६ जेठ, काठमाडौंः कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपलिकाको स्याल्तडी र दुल्ली कुनमा पर्ने धुलाम्मे र हिलाम्मे सडकमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न हुँदा यातायातका साधनलाई सहज भएको छ । पानी पर्दा हिलाम्मे हुने र अरूबेला धुलाम्मे सडक हुने भएका कारण सो क्षेत्रको सडकमा ढुङ्गा बिछ्याउने कार्य गरी यातायातका साधनलाई गुड्न सहज भएको हो । सर्केगार्ड खार्पुखण्डमा बोलेरो जिप चलाउँदै आउनुभएका चालक पुरन रावतले पानी पर्दा हिलो र अरूबेला धुलाम्मे समस्या गर्दा यातायातका साधन सञ्चालन गर्न निकै समस्या भोग्नु परेका अवस्थामा सो सडकमा ढुङ्गा बिछ्याउने कार्य भएपछि सहज भएको बताउनुभयो । आफ्नो जिप तीन पटक हिलो र धुलोमा फसेका सम्झँदै अब उक्त समस्याबाट मुक्ति मिलेको उहाँको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर