नेभिगेसन मेनु

विपतपूर्व नै ‘उच्च सतर्कता’मा सुरक्षाकर्मी
सम्पादक:南亚网络电视
समय:2025-06-04 11:43


bipad byabasthapan

एस् ए टी भी २१ जेठ, काठमाडौंः मुलुकभर मनसुन भित्रने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले विपद् प्रतिकार्यको पूर्वतयारी थालेको छ। मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने सरोकारवाला निकायहरू हाई अलर्टमा बस्न थालेका हुन्।

गृहमन्त्री रमेश लेखकले दुईचार दिनयता विपद् व्यवस्थापन तथा पूर्वतयारीबारे ब्रिफिङ लिन थालेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गर्ने कार्यक्रम, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गर्ने कार्यक्रममा गृहमन्त्री लेखकको सहभागिता हुन थालेको हो।

मंगलबार मात्रै गृहमन्त्री लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका थिए। अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखकले प्रहरी हेडक्वार्टर पुगेर बिफ्रिङ लिएका हुन्। उनले नेपाल प्रहरीका प्रमुख आइजिपी दीपक थापासहित अन्य अधिकारीहरूसँग विपद् व्यवस्थापनका लागि भइरहेको तयारीबारे ब्रिफिङ लिएका थिए।

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि विशेष पूर्वतयारी गरेको छ। यसक्रममा करिब दुई हजार पाँच सय तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित देशभर परिचालन गर्ने योजना सशस्त्र प्रहरीले गृहमन्त्री लेखकसमक्ष प्रस्तुत गरेको हो। सशस्त्र प्रहरी बलको मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले मनसुनको पूर्वसन्ध्यामा सशस्त्र प्रहरीले गरेको तयारीको प्रशंसा गरेका थिए।

उनले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। ‘विपद्को समयमा छिटो सूचना प्रवाह र उद्धारकर्ता परिचालनका लागि सबै सुरक्षा निकाय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न सके विपद्मा परेका नागरिकको उद्धार र राहतमा शीघ्रता ल्याउन सकिन्छ,’ गृहमन्त्री लेखकले भने।

उनले पूर्वसूचनाका आधारमा जोखिमयुक्त ठाउँहरू पहिचान गरी उद्धारका लागि तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका निमित्त संगठन प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणदत्त पौडेलले विगतका अनुभवका आधारमा यस वर्षको मनसुन प्रतिकार्य योजना २०८२ तयार भइसकेको जानकारी दिए। सोही योजनाअनुसार सशस्त्र प्रहरीका आठवटा बाहिनी मुख्यालय, दुइटा तालिम शिक्षालय, एउटा गण, नौ वटा बेस र दुईटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामग्रीसहित सुरक्षा फौज तैनाथ राखिएको उनले बताए।

एआइजी पौडेलका अनुसार सशस्त्र प्रहरी बलका सम्पूर्ण जनशक्तिलाई तयारी अवस्थामा राख्दै दुई हजार चार सय ८१ जना विपद् व्यवस्थापन तालिम प्राप्त र एक सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टीकृत उद्धार सामग्रीसहित सातवटै प्रदेशमा परिचालन गरिएको छ।

उनले ‘कि–रेस्पोन्डर’का रूपमा विपद् प्रतिकार्यमा परिचालन हुन हाल रहेका नौ वटा विपद् व्यवस्थापन बेसका अतिरिक्त आगामी मनसुनका लागि थप न्यूनतम ३५ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए। कार्यक्रममा प्रदेशस्थित सशस्त्र प्रहरी बलका सबै बाहिनी मुख्यालयहरूले मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा उल्लिखित स्थानीय तहहरूको जिम्मेवारी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई परिपत्र गसिकेको छ।

मन्त्रालयले पालिकास्तरीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी लागु गर्न र सोको जानकारी मन्त्रालयलाई गराउन तथा स्थानीय समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनेको छ।

त्यसैगरी स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाई प्रभावकारी मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा मनसुन प्रतिकार्य कमान्ड पोस्ट स्थापना गरी प्रभावकारी सञ्चालन गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ।

मन्त्रालयले मनसुन विपद्को अवधिमा आवश्यक पर्ने खोज, उद्धार तथा राहत सामग्रीहरूको व्यवस्थापन गर्न, प्रतिकार्यका लागि नगर प्रहरीलाई आवश्यक साधनस्रोतसहित तयारी अवस्थामा राख्न र पालिकामा रहेका स्वयंसेवकहरू परिचालन गर्न पनि भनेको छ। मन्त्रालयले मनसुनअगावै सहर बस्तीका ढल सफा गर्ने, खोलानालामा थुप्रिएका गेग्रान हटाउने तथा पानीका निकासहरू खोल्ने कार्यहरू गर्न ध्यानाकर्षण गरेको छ। साथै पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारी, गैरसरकारी, निजी तथा मानवीय क्षेत्रमा कार्य गर्ने संघसंस्था, स्थानीय समुदाय तथा स्वयंसेवकहरूसँग सहकार्य र समन्वय गर्न पनि निर्देशन दिएको छ।

मन्त्रालयले विपद्को समयमा बजारमा हुने कृत्रिम अभाव, कालोबजारी तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न पनि परिपत्रमा उल्लेख गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत जेठ १४ गते बसेको बैठकले यस वर्षको मनुसनका लागि उक्त कार्ययोजना पारित गरेको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर