नेभिगेसन मेनु

चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
सम्पादक:南亚网络电视
समय:2025-05-06 12:55

chakrapath

एस् ए टी भी २३ वैशाख, काठमाडौंः चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ हुने देखिएको छ । ‘१५ दिनदेखि चिनियाँ टोलीले यो खण्डको सर्भे गरिरहेको छ । सर्भे गर्न नै दुई महिना लाग्छ भनेका छन्,’ चक्रपथ विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले भने, ‘सर्भे सकिएपछि डिजाइनको काम अघि बढाउँछन् । ६ महिनाभित्र सर्भे र डिजाइन सक्ने उनीहरूको योजना छ । त्यसपछि उतै टेन्डर गरेर निर्माण कम्पनी छनोट गरी निर्माण प्रक्रिया बढाउँछन् ।’

डिजाइनपछि निर्माण कम्पनी छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी रहेको उनले जानकारी दिए । उनका अनुसार चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक फिल्डमा खटिएका छन् ।

चक्रपथ दोस्रो खण्ड (कलंकी–चाबहिल खण्ड) विस्तार गर्ने भनिए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि वसुन्धरा पुलसम्म मात्र विस्तारको तयारी भएको छ । सो सडकको दूरी ८.२ किलोमिटर छ । 

यस खण्डमा नेपाल सकारको तर्फबाट निर्माण गर्ने सर्भिस लेन निर्माण गरिसकेको छ । 

यो खण्ड ७ वर्षअघि विस्तार कार्य सुरु हुनुपर्ने हो । तर हालसम्म विस्तार नहुँदा सडक आसपासका बासिन्दाले निकै सास्ती खप्दै आएका छन् । 

दिनहुँ धुलो र हिलोका कारण मानिसको स्वास्थ्यमा समस्या देखिनुका साथै दुर्घटनासमेत बढेको छ । साथै सडक छेउछाउका व्यापार व्यवसायमा समेत यस सडकको प्रभाव परेको स्थानीय सरोकारवालाको गुनासो छ ।

यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । यससँगै आयोजनाले २०७५ जेठ १४ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । र सोहीवेला हटाइएको पनि थियो । तर कोभिड १९ का कारण निर्माणको काम अघि बढ्न सकेन । 

यसपछि २०७९ फागुनमा पनि दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । तर सो अध्ययनको कुनै रिपोर्ट निकालेन । 

२०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिङपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको बुँदामा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो । सोहीअनुसार चिनियाँ टोली सर्भेका लागि आएका हुन् ।

यसअघि चीनले चक्रपथको कोटेश्वर–कलंकी पहिलो खण्ड विस्तार गरेको थियो । उक्त खण्ड विस्तार कार्य २०६९ सालमा सुरु भएको थियो । करिब ६ वर्षको अवधिमा २०७५ सालमा सडक विस्तार सम्पन्न गरेको थियो ।

यस खण्डको दूरी कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किलोमिटर छ । ८ लेनको यो सडक विस्तारको लागत चीन सरकारले बेहेरोको थियो । यसको लागत करिब ५ अर्ब रहेको छ ।

तेस्रो खण्ड पनि विस्तार थालियो 

सडक डिभिजन काठमाडौँले तेस्रो खण्डको केही भागमा विस्तारको काम अघि बढाएको छ । डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशीले नारायण गोपाल चोक नजिकै रहेको प्रहरी चौकीदेखि चप्पल कारखानासम्म निर्माण थालिएको जानकारी दिए । 

‘प्रहरी चौकीदेखि चप्पल कारखानासम्म करिब ७०० मिटरसडक विस्तारका लागि  ठेक्का आह्वान भइसकेको छ,’ उनले भने, ‘२२ करोडमा लागतमा ठेक्का सुरु गरिएको हो । उक्त सडकलाई १० मिटर फराकिलो चाइनाकै मोडालिटीअनुसार निर्मामाण गर्नेगरी काम भइरहेको छ । एकदमै स्पिडमा काम भइरहेको छ ।’

महाराजगञ्जदेखि कोटेश्वरसम्म सडक विस्तारका लागि क्लियर नभएको हुँदा सबै खण्ड विस्तारका लागि ठेक्का लाग्न नसकेको उनको भनाइ थियो । 

‘खासगरी गौशाला, एयरपोर्ट साइडको सडकको जग्गा क्लियर नहुँदा त्यता विस्तारको काम अघि बढाउन सकिएको छैन । कहीँ घर, रूख छन्, कहीँ एयरपोर्टको तारबार छ,’ उनले भने, ‘त्यसकारण ठेक्का लाग्न सकेको छैन । एयरपोर्टभन्दा यता सिनामंगलतिर ठेक्का हुने प्रक्रियामा होला ।’

सडक डिभिजन काठमाडौँका इन्जिनियर अर्जुन नेपालीका अनुसार नारायण गोपाल चोक नजिकै रहेको प्रहरी चौकीदेखि चप्पल कारखानासम्मको सडकमा एउटा कल्भर्ट रहनेछ । 

‘३ मिटर स्पान रहेको कल्भर्ट निर्माण हुँदै छ,’ इन्जिनियर नेपालीले भने, ‘यो कल्भर्ट लगभग निर्माण भइसकेको छ ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर