नेभिगेसन मेनु

भोटो देखाउने जात्रा !
सम्पादक:南亚网络电视
समय:2025-06-02 14:34


111111

एस् ए टी भी १९ ज्येष्ठ, काठमाडौँः रातो मछिन्द्रनाथको रथयात्रा हिजो काठमाडौँमा भोटो देखाएर समापन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के. पि. शर्मा ओली लगायतको उपस्थितिमा भोटो जात्रा सम्पन्न भएको हो।

किंवदन्ती अनुसार नागराज करकोटककी श्रीमतीलाई आखाँ दुख्ने रोग लाग्यो र उक्त रोगको निदान गर्ने वैद्य खोज्दै जाँदा कर्कोटकले एक जना किसानलाई वैद्य सम्झि नागलोक लगे, उक्त किसानले डरले मछिन्द्रनाथको नाम लिँदै हात माडेर निस्केको मयललाई औषधी बताई दिए र त्यही मयलले काम गरेर रानीको रोग निको भयो। त्यसपछि राजाले खुसी हुँदै किसानलाई मणि माणिक्य जडीत भोटो उपहार दिएर पृथ्वीलोक पठाए।

उक्त भोटो आलिमा राखेर किसान काम गर्न लाग्छन् त्यसै बेला मनुष्य रूपधारी भूत आएर भोट चोरेर लैजान्छ। पछि मछिन्द्रनाथको रथयात्रामा भोटो लगाएर हिँडेको मनुष्य स्वरुप भूत देखेर किसानले आफ्नो भोटो माग्छन् तर भूतले दिन अस्विकार गर्छ। त्यसपछि सबैको रोहबरमा भोटो देखाउने र त्यो भोटो दाबी गर्नेले पुख्ता सबुत पेस गर्नु पर्ने नत्र मृत्यु हुने भने पछि आफ्नो दाबी गर्न कोही [पनि अघि सर्दैनन् र त्यही साल देखि हरेक वर्ष शुभ साइत पारेर भोटो देखाउन थालिएको भन्ने भनाई छ।

त्यसै को सिलसिलाको स्वरूप यस साल पनि भोटो देखाउने जात्रा सम्पन्न भएको हो। जात्राका केही तस्वीरहरूः

IMG_4216

IMG_4212

IMG_4190

IMG_4153

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर