नेभिगेसन मेनु

सार्वजनिक सवारी नचल्दा देखिएको काठमाडौँको दृश्य
सम्पादक:南亚网络电视
समय:2025-06-02 14:29


IMG_4429

एस् ए टी भी १९ ज्येष्ठ, काठमाडौँः गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् । सार्वजनिक सवारी साधान नचल्दा एकातिर यात्रुहरुले सास्ती भोग्नु परेको छ भने अर्कोतिर अरुबेला अस्तव्यस्त हुने सडकहरु खुला खुला देखिएका छन् ।

काठमाडौं उपत्यकामा पनि सार्वजनिक बस, माइक्रो बस र टेम्पो लगायत लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकमा साझा यातायात, निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु मात्र चलेको देखिन्छ । घोषित कार्यक्रम अनुसार नै व्यवसायीले कालो नम्बर प्लेटका सवारी साधन नचलाएपछि सधैं व्यस्त हुने काठमाडौंका सडक बिहानैदेखि सुनसान देखिन्छन् ।

सुनसान देखिएका सडकमा यात्रुहरू भने महङ्गो भाडा तिरेर पठाओ, इन्ड्राइभ लगायतका राईड शेयरिङमा यात्रा गर्न बाध्य भएका छन्। कोही भने पैदल नै आफ्नो गन्तव्य तर्फ हिँडिरहेका छन्। हाम्रा फोटोपत्रकार लोकेन्द्र तामाङले क्यामेरामा कैद गरेका केही तस्वीरहरूः

IMG_4280

IMG_4278

IMG_4258

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर