नेभिगेसन मेनु

राक्सिराङमा सवारी दुर्घटना हुँदा नौ जना घाइते, ६ को अवस्था गम्भीर
सम्पादक:南亚网络电视
समय:2025-05-07 12:08

accident

एस् ए टी भी २४ वैशाख, काठमाडौँः राक्सिराङ गाउँपालिका–९, अठारेको भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। तीमध्ये छ जनाको अवस्था गम्भीर छ।  

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उनकी ७० वर्षीया पत्नी फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो जानकारी दिए।

दुर्घटनामा ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङलाई सामान्य चोट लागेको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो। घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर