नेभिगेसन मेनु

बरहथवाका सबै अस्पताल अवैध, बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
सम्पादक:南亚网络电视
समय:2025-04-17 11:58

barhathawa

एस् ए टी भी ०४ वैशाख, काठमाडौँः सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सम्पूर्ण निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । 

मुख्यमन्त्री सतीशकुमार सिंहले बुधवार साँझ बरहथवा बजारका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरी अवैध रहेका ती सबै स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिनुभएको हो । 

मापदण्ड विपरीत रहेका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र दर्ता एवं अन्य प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभयो । मङ्गलबार साँझ बरहथवास्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका एक बिरामीसँग भर्ना भएको केही बेरमै धेरै बिल उठाएको भन्दै विरोध जनाउँदा तनाव उत्पन्न भएको घटना बाहिरिने बित्तिकै मुख्यमन्त्री सिंह अस्पताल अनुगमनका लागि बरहथवा आइपुग्नुभएको हो । 

मुख्यमन्त्री सिंहले यसअघि सर्लाहीमा नवलपुर, लालबन्दी र मलङ््गवाका निजी अस्पताल अनुगमन गरी मापदण्ड पूरा नगरेका अस्पताललाई बन्द गर्न निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका मापदण्ड विपरीतका अस्पताल अहिले खुलेआम सञ्चालन भइरहेको भन्दै चौतर्फी गुनासो आइरहेको छ । 

बरहथवाका अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री सतीशकुमार सिंह ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर