नेभिगेसन मेनु

सुनसरीमा एक महिने सिरुवा मेला सुरु, आज सार्वजनिक बिदा
सम्पादक:南亚网络电视
समय:2025-04-15 11:44

siruwa mela

एस् ए टी भी ०२ वैशाख, सुनसरीः सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एक महिने ‘सुरुवा’ मेला सुरु भएको छ। नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एक महिने सिरुवा मेला सुरु भएको हो।

इनरुवा–६ मधेसबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाले बताए। विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एक महिने मेला लाग्दै मोरङमा गएर समापन हुने उनले जानकारी दिए।

यो मेला सदरमुकाम इनरुवाको, मधेस, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी–२ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुन्छ।  

'एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ। अर्को दिन पुनः अर्को ठाउँमा लाग्ने गर्दछ,' इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले भने। मेला भर्नका लागि जिल्लामा पाहुनाका रूपमा अन्य जिल्लाबाट आफन्त यहाँ आउने गरेका छन्। 

सिरुवा पर्वको अवसरमा प्रदेश सरकारले आज कोशी प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर