नेभिगेसन मेनु

चिनियाँ संस्कृति झल्काउने नव वर्ष चित्रकलाको प्रदर्शनी आजदेखि सुरु
सम्पादक:南亚网络电视
समय:2025-01-24 20:19

lalitkala 11

एस् ए टी भी ११ माघ, काठमाडौं:"एक अनुकूल जीवन: सांघाई इतिहास संग्रहालयको संग्रहबाट नयाँ वर्षको चित्रहरू" भन्ने विषयवस्तु अन्तर्गत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा परम्परागत चिनियाँ नयाँ वर्षको चित्रहरू प्रस्तुत गर्ने प्रदर्शनी आधिकारिक रूपमा सुरु भएको छ। यो कार्यक्रम सांघाई नगरपालिका संस्कृति तथा पर्यटन प्रशासन, नेपाल स्थित चिनियाँ सांस्कृतिक केन्द्र, सांघाई इतिहास संग्रहालयद्वारा आयोजित र नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावास र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको हो।

lalitkala 10

प्रदर्शनीको शुभारम्भ पूर्व उपप्रधानमन्त्री सुजता कोइराला, नेपाल स्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन, नेपाल ललितकला क्याम्पस शिक्षा परिषद कुलपति नारदमनि हर्तमछल्ली, सांघाई इतिहास सङ्ग्रहालयका अध्यक्ष चउ छुन्ह्वा लगायत विशिष्ट व्यक्तित्वहरूले रिबन काटेर गरेका थिए। प्रदर्शनी ३१ जनवरी सम्म चल्नेछ।

lalitkala 2

उद्घाटन कार्यक्रममा बोल्दै सांघाई इतिहास सङ्ग्रहालयका अध्यक्ष चउ छुन्ह्वाले सांघाई एक अत्यन्तै सुन्दर सहर रहेको बताउँदै त्यहाँ भ्रमण गर्न नेपालीलाई आग्रह गरे। उनले सांघाई संसारकै सुन्दर सहरहरू मध्ये एक रहेको र यस सहरको सुन्दर पक्षहरूलाई चित्रकला मार्फत देखाउने प्रयास गरेको पनि बताए। यस प्रदर्शनी आयोजना गर्न सहयोग पुर्‍याएकोमा उनले नेपाल ललितकला क्याम्पस तथा सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

lalitkala 5

पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले नेपाल चीन सम्बन्ध निकै पुरानो रहेको र एक अर्काका सांस्कृतिक पक्ष पनि समय समयमा साटफेर हुँदै आएको बताइन्। आज देखि सुरु भएको प्रदर्शनीले नेपाल र नेपाली जनतालाई चिनियाँ संस्कृतिको आनन्द उठाउन सहयोग पुग्ने उनको विश्वास थियो। "राजनैतिक तथा अन्य थुप्रै हिसाबले अत्यन्तै नजिकको सम्बन्ध रहँदै आएको हामी दुई राष्ट्रको सम्बन्धमा थपिँदै आएका यी र यस्तै कला तथा सांस्कृतिक आदान प्रदानले अझ प्रगाढता आउने छ।", उनले भनिन्। 

lalitkala 7

कार्यक्रममा चिनियाँ बालबालिकाले नेपाली तथा चिनियाँ गीत सम्मिश्रण गरी प्रस्तुति दिएका थिए भने विभिन्न वाद्यवादन तथा क्यालिग्राफी मार्फत आफ्नो कला पनि प्रस्तुत गरेका थिए।

lalitkala 15

प्रदर्शनी हेर्न आएका दर्शकहरूले निकै उत्सुकताका साथ चित्रकलाहरू हेरिरहेका देखिन्थे। "चिनियाँ संस्कृतिको केही भए पनि ज्ञान भयो, यी चित्रकलाहरू पक्कै पनि विश्व स्तरीय छन्।", सहभागी एक जना दर्शकले बताए। प्रदर्शनीले समग्रमा चिनियाँ संस्कृतिलाई नेपाली माझ चिनाउने प्रयास त गरेको नै छ त्यसका अलावा नेपाल चीन सम्बन्धमा सुमधुरता थप्न एक खुड्किलोको काम पनि गरेको आयोजकको विश्वास पनि रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर