नेभिगेसन मेनु

दक्षिण कोरियामा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-02 12:05

1-south_korea_z8Nrz9k1gj

दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चारजना घाइते भएका छन् । 

दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। ६८ वर्षीय चालकले चलाएको कार भिडमा कुदेको थियो। गलत दिशातिर हुईकिएको कार पहिले दुईवटा अरु गाडीलाई ठक्कर दिएपछि भिडमा उछिट्टिएको थियो। 

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको अस्पताल पु¥याएपछि मृत्यु भएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ। 

दक्षिण कोरियामा पैदलयात्रीलाई ठक्कर दिएर हुने दुर्घटनाको संख्या अरु देशको भन्दा निकै ठूलो छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर