नेभिगेसन मेनु

कोपा अमेरिका : भेनेजुयला र इक्युडर क्वाटरफाइनलमा
सम्पादक:南亚网络电视
समय:2024-07-01 15:21

Screenshot_2024-07-01_080643_ivhkehZycW

काठमाडौं : कोपा अमेरिका फुटबलको समूह ‘बी’को अन्तिम खेलमा भेजेजुयलाले जमाकाइलाई ३-० गोलले हराउँदा मेक्सिको र इक्युडरले गोलरहित बराबरी खेलेका छन्।

युनिभर्सिटी अफ फोनिक्स स्टेडियममा आज विहान सकिएको खेलमा भेनेजुयलाका लागि ४९औं मिनेटमा एडवार्ड बेलो, ५६औं मिनेटमा सोलोमन रोन्डोन र ८५औं मिनेटमा इरिक रमिरेजेले एक-एक गोल गरे।

जितसँगै भेनेजुयला क्वाटरफाइनलमा प्रवेश गरेको छ। उता बराबरी खेलेको इक्युडर पनि क्वाटरफाइनलमा पुगेको छ।

अंकतालिका हेर्ने हो भने तीन खेलमा तीनमै जित निकालेर भेनेजुयलाको ९ अंक छ भने समान खेलमा एकमा जित एकमा हार र एकमा बराबरी गर्दै चार अंकसहित इक्युडर दोस्रो स्थानमा छ।

अब इक्युडरले अर्जेन्टिनासँग जुलाई ५ मा र भेनेजुयलाले क्यानडासँग जुलाई छ मा खेल्नेछन्।

समूह ‘सी’ अन्तर्गत आज बोलिभिया र पनामा तथा अमेरिका र उरुग्वे भिड्दैछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर