नेभिगेसन मेनु

हुवावे नेपालको आई.सी.टी. फ्यूचर प्रतिभाका लागि दर्ता खुल्यो
सम्पादक:南亚网络电视
समय:2024-06-01 19:06

IMG_0601

एस् ए टि भी, काठमाण्डौँ, जेठ १८: हुवावेले शुक्रबार,जेठ १८ गते काठमाडौं, नेपालमा उद्घाटन कार्यक्रमको आयोजना गरी 'सीड्स फर द फ्युचर नेपाल २०२४' को लागि दर्ता खोलेको छ। स्नातक विद्यार्थीहरूले जुन ९ सम्म यसको वेबसाइट www.seedsnepal.com मार्फत दर्ता गर्न सक्नेछन्। यो कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यसको योजना साझेदार, युनेस्कोले सह-आयोजन गरेको थियो। हुवावेकाे ‘सिड्स फर द फ्युचर’ ले सीड्स फर द फ्युचर नेपाल २०२४ आयोजना गरेको यो चौथो वर्ष हो।

IMG_0435

"सीड्स फर द फ्युचर" हुवावेको विश्वव्यापी रूपमा मान्यता प्राप्त कर्पोरेट सामाजिक उत्तरदायित्व (सी. एस्. आर.) प्रमुख कार्यक्रम हो, जुन संसारभरि सबैभन्दा लामो समयसम्म चल्ने सी. एस्. आर. पहल हो। यस कार्यक्रमले स्थानीय प्रतिभाको विकास गर्न, ज्ञान साझा गर्न, आई.सी.टी क्षेत्रको जागरूकता र उत्साह बढाउदै डिजिटल समुदाय निर्माणकाे उत्थान गर्न खोज्छ। समारोहले डिजिटल प्रतिभाकाे खेती गरेर पूर्ण रूपमा जडान भएको, बौद्धिक संसार निर्माण गर्ने आफ्नो एकमात्र उद्देश्यलाई दर्शायो ।

IMG_0545

कार्यक्रम उद्घाटन हुवावे नेपालका सीईओ श्री ह्वाङजुनको स्वागत मन्तव्यबाट सुरु भयो जहाँ एन्ड्रयु पेङ; इन्टरप्राइज बिजनेसका सीटीओले मुख्य मन्तव्य प्रस्तुत गरेका थिए । महामहिम छङ् सोङ; नेपालका लागि चीनका राजदूत, विश्वबाबु पुडासैनी; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, भोला थापा; काठमाडौं विश्वविद्यालयका उपकुलपति लगायत कार्यक्रममा अन्य सरकारी अधिकारीहरु, विभिन्न विश्वविद्यालयका डीन र प्राध्यापकहरु, विभिन्न संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

IMG_0454

हुवावेका प्रमुख कार्यकारी अधिकृत, हवाङ जुनले प्रोत्साहन दिदै भन्नुभयो, "यस कार्यक्रमले ती‌क्ष्ण दिमागको वृद्धि गर्दै प्राविधिक आविष्कार र अन्तर-सांस्कृतिक आदानप्रदानलाई बढावा दिने हुवावेको प्रतिबद्धतालाई मूर्त रूप दिन्छ। यस कार्यक्रमबाट प्राप्त अनुभव र ज्ञानले हाम्रा युवा प्रतिभाहरूलाई डिजिटल रूपान्तरणमा नेता बन्न सशक्त बनाउनेछ। उनीहरू भोलि गएर नेपालको भविष्यका आविष्कारकहरू, उद्यमीहरू र प्राविधिक नेताहरू बन्ने आजका बीजहरू हुन्।" 

IMG_0558

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छङ् सोङले हुवावे आईसीटी समाधानकाे अग्रणी दाता हो जुन २५ वर्षदेखि नेपाललाई बलियो रूपमा प्रविधिसँग जोडिएको संसार निर्माण गर्न समर्पित रहेको भनी बताउनुभयो । सीड्स फर द फ्युचर कार्यक्रम नेपालमा युवा प्रतिभाको पोषक तत्व र नविन निर्माणकर्ताका लागि एउटा चम्किलो उदाहरण हो। यो नीविन प्रवर्तन पहलले ज्ञान बाँडफाँड र क्षमता निर्माणका मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ जुन हरेक समाजको उन्नतिको लागि महत्त्वपूर्ण हुन्छ।

IMG_0578

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले हुवावेको प्रयासको प्रशंसा गर्दै भने, “विभिन्न क्षेत्रहरूमा आईसीटी सीपको उच्च माग छ, जसले युवाहरूलाई राम्रो रोजगारीका अवसरहरू सुरक्षित गर्न र देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्षम बनाउँछ। यसले रोजगारी बढाउँछ र तिनीहरूलाई डिजिटल अर्थतन्त्रको लागि तयार गर्छ। सीड्स फर द फ्युचर नेपालका युवाहरूको लागि थप योगदानका निमित्त ठूलो कुरा हो।

IMG_0533

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले भन्नुभयो, “युवाहरूको सीपको पोषण गर्दै उनीहरूको जोशलाई प्रज्वलित गरेर हुवावे सीड्स फर द फ्युचरले डिजिटल संसारलाई आकार दिन, नविन आविष्कारलाई अगाडि बढाउन र नेपालको आईसीटी उद्योगलाई नयाँ दिशातर्फ नयाँ आयाम तथा उचाइमा पुर्याउन र समृद्ध भविष्यको लागि मार्ग प्रशस्त गराउन उनीहरूलाई शसक्तिकरण गर्दछ ।"

IMG_0527

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रा. डा. शशिधर राम जोशीले बताउनुभयो, “सीड्स फर द फ्युचर" जस्ता कार्यक्रमहरू हाम्रा विद्यार्थीहरूका लागि धेरै प्रभावकारी छन्। मैले हाम्रा विद्यार्थीहरूले डिजिटल युगको लागि सशक्तिकरण गर्दै अमूल्य आईसीटी सीपहरू प्राप्त गरेको देखेको छु। यो कार्यक्रमले हाम्रा युवाहरूलाई नविन परिवर्तन अनि आविष्कार गर्न, उद्यमशीलतालाई बढावा दिन र विश्वव्यापी प्राविधिक परिदृश्यमा नेपालको विकासलाई अगाडि बढाउन सक्षम बनाउँछ।”

IMG_0474

यो दुई महिनाको प्रतियोगितामा अन्तर्वार्ता, कार्यभार र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्। ‘सिड्स फर द फ्युचर नेपाल’ को विजेताले स्थलगत तालिम र क्षेत्रीय प्रतिस्पर्धाका लागि चीन भ्रमण गर्ने रोमाञ्चक अवसर पाउनेछन्। आफ्नो भ्रमणको क्रममा, उनीहरूले उद्योग विशेषज्ञहरु द्वारा अत्याधुनिक प्राविधिक आविष्कार सम्बन्धी सेमिनारमा भाग लिनेछन्।

IMG_0491

यस वर्ष हुवावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक बोर्ड गठन गरेको छ। विश्वव्यापी ब्रान्ड भएपनि, हुवावेले "सीड्स फर द फ्युचर" जस्ता विभिन्न प्रकारका कार्यक्रमहरू मार्फत युवा प्रतिभाहरूको विकास गर्ने प्रतिबद्धता जनाउँदै पूर्ण रूपमा प्राविधिक भएको बौद्धिक नेपाल निर्माण गर्ने महत्वाकांक्षाका साथ २५ वर्षभन्दा बढी समयदेखि नेपालको सेवा गर्दै आएको छ। हुवावेले प्राविधिक क्षेत्रमा नेपाली प्रतिभालाई हुर्काउन महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रम मार्फत, हुवावेले नेपालमा निरन्तर रूपमा विश्वव्यापी आई.सी.टी. ज्ञानको विस्तार गर्दै आएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर