नेभिगेसन मेनु

पानी आउँदैन शुल्क तिर्नै पर्छ
सम्पादक:南亚网络电视
समय:2024-06-12 11:41

water-mugu-hari

जेठ ३० गते ।  जिल्ला सदरमुकाम गमगढीवासी हरेक वर्ष खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको व्यवस्थापनमा सरोकारवाला निकायको लापर्बाहीका कारण जिल्ला सदरमुकाम गमगढी बजार काकाकुल बन्दै गएको छ । जिल्ला सदरमुकामतर्फ बसाइँसराइ हुने क्रम बढेसँगै दिनप्रतिदिन खानेपानीको माग बढ्दो छ । यद्धपि हालसम्म सदरमुकाम गमगढीको खानेपानी आपूर्तिका लागि भरपर्दो पहल हुन सकेको छैन । बर्खाका बेलासमेत पानी अभाव हुने गरेकाले यहाँका बासिन्दा हिउँद, बर्खामै पीडित हुने गरेका छन् । 

छायानाथ रारा नगरपालिका–२ का स्थानीय विनोदकुमार मल्लले सात वर्षदेखि सदरमुकाममा कहिल्यै पनि पुग्ने गरी खानेपानी पाउन नसकेको बताउनुभयो । पर्याप्त मात्रामा खानेपानी नआउँदा खानेपानीको अभावमा नुहाउन तथा कपडा धुन चैनखोला, नाउँलगायतका क्षेत्रमा जाने गरेको उहाँले बताउनुभयो । अचेल यहाँ खानेपानी धारामा बढीमा १५ मिनेट मात्रै पानी चुहिने गरेको छ । यद्धपि धारामा पानी आए पनि, नआए पनि सेवाग्राहीले मासिक दुई सय रुपियाँ खानेपानी शुल्क तिर्दै आइरहेका छन् । 

अरू बेला त खानेपानीको समस्या भए पनि बर्खाका बेला पनि अभाव नहुनु पर्ने भनाइ उहाँको छ । खोला खोल्सामा आउने पहिरो, गाईवस्तु चराउने व्यक्तिले पानीका लाइन काट्ने भएकाले बर्खाको समयमा पनि पानी अभाव हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर