नेभिगेसन मेनु

आइसिसी टी-२० विश्वकप : भारतसँग हार्‍यो पाकिस्तान
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:49

Ind-09999

जेठ २७ गते । चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी-२० विश्वकपमा भारतसँग पराजित भएको छ । न्युयोर्कमा आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको हो ।

जारी विश्कपको समूह ‘ए’ मा रहेको पाकिस्तानको यो लगातार दोस्रो हार हो । हारसँगै पाकिस्तानाको सुपर आठमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

समूहको पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा तल्लो क्रमका ब्याट्सम्यानले आशालाग्दो प्रदर्शन गर्न नसक्दा पाकिस्तान स्तब्ध बन्यो । 

लगातार दोस्रो जित निकालेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । दुई खेल जितेको अमेरिका पनि नेट रनरेटमा दोस्रो स्थानमा छ । दुई अङ्क बनाएको क्यानाडा तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्ड अङ्कबिहिन छ । 

टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । एक सय २१ रनको विजय लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १३ रनमा समेटियो । 

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३१ रन बनाउनुभयो । यस्तै इमाद वासिमले १५, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३/१३ रन बनाउनुभयो ।

बलिङमा भारतका जसप्रित बुमराहले तीन विकेट लिनुभयो । हार्दिक पाण्डेयले दुई तथा असरदिप सिंह र अजर पटेलले एक एक विकेट लिनुभयो । 

यसअघि भारतको लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउनुभएको थियो । यस्तै अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन बनाउनुभयो ।

बलिङमा पाकिस्तानका नसिम शाह र हरिस राउफले तीन तीन विकेट लिनुभयो । मोहमद अमिरले दुई तथा साहिन शाह अफ्रिदीले एक विकेट लिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर