नेभिगेसन मेनु

श्रेया गिरी प्रभावशाली एसियाली युवा सूचीमा
सम्पादक:南亚网络电视
समय:2024-05-16 17:07

Add_a_heading_4_Lnmfh5UdNu

नेपालकी श्रेया गिरी ३० वर्षभन्दा मुनिका प्रभावशाली व्यक्तिको सूचिमा परेकी छन् । फोर्ब्स म्यागेजिनले गएराति सार्वजनिक गरेको सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा उनी ‘सोसल इम्प्याक्ट’ विधामा छनोट भएकी हुन् । 

श्रेया ह्याप्पी माइन्डस् नामक मानसिक स्वास्थ्यको परामर्श सम्बन्धी डिजिटल प्ल्यार्टफर्मकी संस्थापक हुन् । यो प्ल्यार्टफर्मले विश्वकै जुनसुकै कुनामा रहेका व्यक्तिलाई पनि मानसिक स्वास्थ्यको परामर्श दिने काम गर्छ । यद्यपि, यसले पछिल्लो समय नेपालभित्र भौतिक उपस्थितिमा पनि विभिन्न कार्यशाला र गोष्ठीहरु गर्दै आएको छ । 

श्रेयाले यो संस्था कोभिड महामारीको समयमा सुरु गरेकी हुन् । जतिबेला उनी बेलायतमा स्नातकोत्तर अध्ययनरत थिइन् । ललितपुरको झम्सीखेलमा कार्यालय रहेको संस्थाले मानसिक बिरामीहरुलाई सेवा दिइरहेको छ । 

श्रेयाले सन् २०२२ मा ‘सार्क स्टार्टअप अवार्ड’ समेत पाएकी थिइन् । गत वर्ष थाइल्याण्डमा सम्पन्न ‘युथ को–ल्याब समिट’ मा पनि उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर