नेभिगेसन मेनु

इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी
सम्पादक:南亚网络电视
समय:2024-04-22 16:00
967

Web_post_z1vr503Jdw

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन्।

उपाधिको होडमा रहेका दुबै टिमले जित हात पारेपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ।

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुवैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ।

फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३-१ ले हरायो।

खेलको ३२औं मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई आग्रता दिलाएका थिए। तर, इञ्ज्युरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्याए।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा रायन ग्राभेनबर्च र ७२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए।

अर्को खेलमा आर्सनलले उल्भ्सलाई २-० ले पराजित गर्यो। लियनार्दो ट्रोसार्डले ४५औं मिनेटमा र मार्टिन ओडेगार्डले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दा आर्सनल विजयी भयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर