नेभिगेसन मेनु

आत्मनिर्भर बन्ने प्रयासमा चामे
सम्पादक:南亚网络电视
समय:2024-04-25 13:13

chame

वैशाख १३ गते । मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्पष्ट योजना बनाएर नै पालिकाको विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकावासीलाई आत्मनिर्भर बनाउन आवश्यक छ, कसरी पालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर आवश्यक योजना निर्माणकै चरणमा हामी लागिरहेका छौँ ।” 

विकासको मुख्य आधार कृषि र पर्यटन क्षेत्र भएको अध्यक्ष घलेले बताउनुभयो । यसका साथै सडक सञ्जाल, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै जोड दिएको अध्यक्ष घलेको भनाइ छ । स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर महत्व दिनु पर्छ । जिल्लाकै केन्द्र र विद्यार्थीको शैक्षिक उन्नयनका लागि पालिकाभित्र दुई आवासीय विद्यालय सञ्चालनको तयारी छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा शिक्षामा गुणस्तरीयता कायम गर्ने भूमिकामा पालिका लागिपरेको उहाँले दाबी गर्नुभयो ।

पर्यटकीय मौसम सुरु भए पनि धुलाम्मे सडकका कारण पर्यटकले सास्ती बेहोर्नु परेको सन्दर्भमा पर्यटन प्रवर्धन गर्न वैकल्पिक पदमार्ग निर्माण गरिरहेको अध्यक्ष घलेले बताउनुभयो । बाह्य पर्यटकलाई आकर्षित गर्नकै लागि पूर्वाधार निर्माणको काम भइरहेको उहाँको दाबी छ । विश्व पर्यटकको आकर्षणको केन्द्र मानिएको पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य अन्नपूर्ण पदमार्ग र तिलिचो ताललाई यहाँ आउने पर्यटकमार्फत नै आयस्तर वृद्धिमा जोड्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । चामेमा अवस्थित पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा लमजुङ हिमाल, कजिनसरा ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुँरास बगैँचालगायत प्राकृतिक सौन्दर्यका विषयमा पर्यटकलाई जानकारी दिने योजना अनुसार काम गरिरहेको उहाँको भनाइ छ ।

उच्च हिमाली क्षेत्र भएकाले यहाँ स्थानीय रूपमा स्याउ, आलु, फापर, जौ, गहुँ, करु र उवा उत्पादन हुन्छ । यहाँको उत्पादनले बढीमा तीन महिना मात्रै खान पुग्छ । अध्यक्ष घलेले भन्नुभयो, “पर्यटकलाई अर्गानिक खाना खुवाउन मुस्किल छ । त्यसैले यहाँको कृषि पेसालाई प्रवर्धन गर्न आवश्यक ठानेका छौँ । यहाँको उत्पादन कम समयका लागि पुग्ने हुँदा बाहिरबाट किनेर खुवाउन बाध्य छौँ । अर्गानिक खानालाई प्राथमिकतामा राखेर कृषि प्रवर्धन गरी कृषितर्फ पालिकावासीलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।” स्थानीय उत्पादन भएन भने पर्यटक आउने, बस्ने, बाहिरकै खानेकुरा खाएर पठाउन बाध्य हुने उहाँले बताउनुभयो । 

चामे गाउँपालिका–३ का वडाध्यक्ष विनोद लामाले निकट भविष्यमा चामेमा कृषि उपज सङ्कलन केन्द्र बनाउने योजना रहेको बताउनुभयो । कृषि र पर्यटनलाई मुख्य जीविकोपार्जन र आर्थिक विकासको स्रोतका रूपमा विकास गर्ने योजना बनाइएको छ । विकट तर पर्यटकीय स्थान भएकाले यसलाई प्राथमिकता दिएर योजना निर्माण गरी आयसँग जोड्ने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

चामे गाउँपालिका–४ का वडाध्यक्ष लबसाङ लामाले यहाँका पर्यटकीय गन्तव्यको खोजी तथा प्रवर्धन गरी पर्यटन क्षेत्रको विकाससँगै आयस्रोत बढाउन योजना बनाएर अगाडि बढेको बताउनुभयो । विकट क्षेत्र, पूर्वाधार अभाव तथा सम्बन्धित विषयसँग विज्ञ ल्याउन खर्चिलो हुँदा पनि यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धन हुन सकेको छैन । यस्ता विकट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको खोजी तथा प्रवर्धन गर्न सके देशकै आर्थिक वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर