नेभिगेसन मेनु

रोगव्याध हरण गर्ने बाइसधारामा भक्तजनहरुको घुइँचो
सम्पादक:南亚网络电视
समय:2024-04-23 15:40

IMG_5284

बालाजुस्थित बाइस धारामा स्नान गर्न भक्तजनको घुइँचो। तस्बिर: विशाल श्रेष्ठ/ एस् ए टि भी

वैशाख ११ गते, काठमाण्डौं। आज मंगलबारको दिन काठमाण्डौ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी बाइस धारा भन्ने ठाउँमा बाइसधारा मेलाकाे आयोजना गरिएको छ। हिजो भएको तेमाल जात्रामा स्वयम्भूनाथ दर्शन गर्न जाने भक्तजनहरू आज यहां बाइसे धारामा आई नुहाएर , आफैलाई चोक्खाउँदै फेरि स्वयम्भूनाथ दर्शन गर्न जाने परम्परा रहेको छ। त्यसैले आजको दिन बाइसे धारामा थुप्रै हिन्दू तथा बौद्ध धर्मावलम्बीका भक्तजनहरुको घुइचो लागेको छ।

IMG_5237

वास्तवमा नै २२ वटा ढुङ्गे धारा भएको यो ऐतिहासिक ठाउँलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ । यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ ।

धार्मिक र सामाजिक महत्व बोकेको बाइसधारा मेला, चैत शुक्ल पूर्णिमाका दिन, बर्सेनि भव्य तरिकाले भक्तजनहरू माझ लाग्ने गर्दछ। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गरेको उल्लेख छ ।

भनिन्छ, यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइसधारामा नुहाई–धुवाई गरेमा फलिफाप हुन्छ । किंवदन्ती अनुसार, विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूप उत्पत्ति भयो । यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको हो ।

विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने राजा जयप्रकश मल्लले २१ ओटा धारा राखी सो बालाजु ढुंगेधारा मन्दिर बनाएका हुन। पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा फेरि स्थापना गरी २२ वटा धारा भएको यस ठाउँलाई बाइस धारा भन्न थालियो ।

त्यसपछि वि.सं. २०१८ राजा महेन्द्रको पालामा आधुनिकता दिँदै उद्यान निर्माण भएका कारण यस उद्यानलाई महेन्द्र पार्क पनि भनिन्छ ।

यसरी, बाइसधाराले सबैको रोगव्याधहरू हरण गर्ने जनमानसमा आस्था रहेको छ र हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ आफ्नो रोगव्याध पखाल्न श्रद्धालुहरूको एसरी नै घुइँचो लाग्ने गर्दछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर