नेभिगेसन मेनु

टेलिकमको नाफामा सुधार
सम्पादक:南亚网络电视
समय:2026-08-16 11:43

 

 image

काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफा उल्लेख्य बढेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.५८ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ ।

त्यसअघि गत आवमा कम्पनीको खुद नाफा छ अर्ब ६७ लाख रुपियाँ थियो । विवरण अनुसार कम्पनीले एक वर्षमै दुई अर्ब ८५ करोड ७९ लाख रुपियाँ नाफा बढाएको हो । विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले करअघि १३ अर्ब २६ करोड ४७ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत आवको करअघिको तुलनामा ३४.६६ प्रतिशतले बढी हो । 

टेलिकमले आफ्नो आम्दानीमा पनि सुधार गरेको छ । तथ्याङ्क अनुसार समीक्षा वर्षमा कुल ३९ अर्ब १९ करोड रुपियाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । जुन गत आवको तुलनामा एक अर्ब एक करोड रुपियाँले बढी हो । टेलिकमका अनुसार ब्याजदर घट्दा ब्याज आय ८६ करोड १९ लाख रुपियाँले घटेको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर