नेभिगेसन मेनु

‘आयोगको सिफारिस १३ प्रतिशत मात्रै कार्यान्वयन’
सम्पादक:南亚网络电视
समय:2026-08-16 11:41

 

 tapbahadur-magar

काठमाडौँ, साउन ३१ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको सिफारिसको करिब १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको बताउनुभएको छ । उहाँले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिसमध्ये करिब ५३ प्रतिशत कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । आयोगको स्थापना २०५७ साल जेठमा भएको हो । 

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनको कार्यान्वयन अवस्था’ सम्बन्धमा आयोगका अध्यक्ष र सचिवसँग गरेको अन्तव्रिर्mयामा अध्यक्ष मगरले स्थापनाकालदेखि हालसम्म सिफारिसको करिब १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको जानकारी गराउनुभयो । उहाँले ५२.६० प्रतिशत कार्यान्वयन नभएको बताउनुभयो । 

आयोगमा करिब १४ हजार उजुरी परेका छन् । जसको ८० प्रतिशत द्वन्द्वकालीन मुद्दा छन् । समितिका सभापति जयन्तीदेवी राईले पछिल्लो समय देखिएका धार्मिक द्वन्द्व, खाना पकाउने ग्यासको अभाव, उपभोग्य सामग्रीको मूल्यवृद्धिलगायतका विषयबारे आयोगका अध्यक्ष मगर र सचिव मुरारीप्रसाद खरेलसँग छलफल गरिएको बताउनुभयो । 

छलफलमा आयोगका अध्यक्ष मगरले द्वन्द्वकालीन क्षतिपूर्ति कुल ३३ करोड रुपियाँ वितरण गर्नुपर्नेमा हालसम्म १० करोड रुपियाँ मात्रै वितरण गरिएको जानकारी गराउनुभयो । उहाँले सिफारिस कार्यान्वयन र त्यस अन्तर्गतको क्षतिपूर्ति वितरणका लागि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर