नेभिगेसन मेनु

भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
सम्पादक:南亚网络电视
समय:2026-07-19 12:12

 

 sonam-wanghchuk_zCq14IITbq

नयाँ दिल्ली । दिल्लीको जन्तरमन्तरमा २१ दिनदेखि भोक हडतालमा बसिरहेका अभियानकर्ता सोनाम वाङचुकलाई शनिबार बिहान प्रहरीले जबरजस्ती उठाएर सफदरजंग अस्पताल पुर्‍याएको छ ।

अस्पताल प्रशासनले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार वाङचुकलाई डिहाइड्रेशन भएको छ, तर उनले चिकित्सा टोलीबाट औषधि लिन अस्वीकार गरेका छन् । चिकित्सकीय रिपोर्ट अनुसार वाङचुकको शरीरमा पोटासियमको मात्रा निकै घटेको छ र युरिन किटोन बढेर ३ पुगेको छ।

यसैबिच वाङचुकका निजी चिकित्सक डा. नितिन दिघेले अस्पतालमा गृह मन्त्रालयका अधिकारीहरू उपस्थित रहेका कारण आफ्नो टोलीलाई वाङचुकसँग भेट्न नदिइएको आरोप लगाएका छन् । वाङचुककी पत्नी गीताञ्जली जे आङ्मोले पनि सोनामको पोटासियम स्तर कम भएको पुष्टि गर्दै यसको उपचार जन्तरमन्तरमै गर्न सकिने र उनलाई अस्पताल भर्ना गरिरहनु आवश्यक नभएको दाबी गरेकी छन् । 

वाङचुकले पेपर लीक प्रकरणको निष्पक्ष अनुसन्धान र भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै अनसन सुरु गरेका थिए । लगातारको अनसनका कारण उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तौल पनि करिब ९.५ किलोग्रामले घटिसकेको जनाइएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर