नेभिगेसन मेनु

युएईमा नेपाली तेक्वान्दो खेलाडी घर्ती मगर सम्मानित
सम्पादक:南亚网络电视
समय:2026-06-10 12:36

 

 t-1

काठमाडौँ, जेठ २७ गते । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई युएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेल सत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ । 

युएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्त्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य सम्पादनले फेडेरेसनका कार्यक्रम तथा प्रतियोगिताहरू सफल बनाउन भूमिका खेलेको उल्लेख गरिएको छ। 

तेक्वान्दो क्षेत्रमा निरन्तर सक्रिय घर्ती मगर सन् २०११ मा रोजगारीका लागि युएई पुगेका थिए प्रारम्भिक समयमा उहाँले सिक्युरिटी गार्डका रूपमा काम गर्नुभएको थियो । खेलप्रतिको लगाव र अथक मिहिनेतका कारण उहाँले तेक्वान्दो क्षेत्रमा आफ्नो यात्रा अघि बढाउँदै सन् २०१६ देखि युएईमा तेक्वान्दो प्रशिक्षक (कोच) तथा रेफ्रीको जिम्मेवारी निर्बाह गर्दै आउनुभएको छ । युएई तेक्वान्दो फेडेरेसनले प्रदान गरेको सम्मानले घर्ती मगरको खेल यात्रामा थप उत्साह र ऊर्जा थप्ने विश्वास गरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर