नेभिगेसन मेनु

आर्थिक संकटबिच श्रीलंकाले इन्धनको मूल्य बढायो
सम्पादक:南亚网络电视
समय:2026-06-02 12:42

 

 petrol

काठमाडौँ, जेठ १९ गते । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागतअनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो ।

राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपियाँबाट बढेर ४३४ रुपियाँ प्रति लिटर पुगेको छ । त्यस्तै डिजेलको मूल्य ३९२ रुपियाँबाट बढेर ४०७ रुपियाँ प्रति लिटर कायम गरिएको छ । यो मूल्य वृद्धि आईएमएफले श्रीलंकालाई दिइएको २.९ अर्ब डलरको राहत प्याकेज अन्तर्गत ६९५ लाख डलरको अर्को किस्ता जारी गरेको केही दिनपछि आएको हो ।

सन् २०२३ को सुरुमा सुरु भएको यो कार्यक्रमले आर्थिक संकटमा परेको देशलाई स्थिर बनाउने लक्ष्य राखेको छ । आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् दुवै क्षेत्रमा लागतअनुसार मूल्य समायोजन गर्न दबाब दिँदै आएको छ । सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया अघि बढाउने बताएको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले आईएमएफलाई पठाएको पत्रमा सेप्टेम्बर महिनासम्म इन्धन अनुदान पूर्णरूपमा हटाइने उल्लेख गर्नुभएको छ । विश्लेषकका अनुसार फेब्रुअरी २८ पछि मध्यपूर्वमा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा असर परेको छ, जसले श्रीलंकाको आयातमा निर्भर अर्थतन्त्रलाई थप दबाबमा पारेको छ ।

श्रीलंकाले आफ्नो सम्पूर्ण इन्धन आयात गर्छ र विद्युत् उत्पादनका लागि कोइलामा पनि निर्भर छ । सन् २०२२ मा देशले ४६ अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट गरेको थियो । त्यसयता आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयास जारी छ । रासस/एएफपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर