नेभिगेसन मेनु

पाकिस्तानमा राज्य विरोधी सामग्री प्रसार गरेको आरोपमा ११ जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-05-31 15:49

 

 Nccia

काठमाडौँ, जेठ १७ गते । पाकिस्तानको नेसनल साइबर क्राइम इन्भेस्टिगेसन एजेन्सी (एनसिसिआईए) ले पञ्जाबका विभिन्न सहरबाट ११ जना सामाजिक सञ्जाल प्रगोग कर्तालाई राज्य विरोधी प्रचार गरेको र शान्ति भड्काएको आरोपमा पक्राउ गरेको अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले रिपोर्ट गरेको छ ।

एनसिसिआईए पञ्जाबका प्रवक्ताले ती व्यक्ति केही समयदेखि निगरानीमा रहेको र राज्यविरुद्ध सामग्री प्रसारित गर्न विभिन्न सामाजिक सञ्जालमार्फत राज्यका विभिन्न संस्था तथा सेना विरुद्ध अनलाइन अभियान चलाउनमा संलग्न रहेको जनाएको छ । प्रवक्ताले बिहीबार छापा मारेर लाहोरबाट दुई जना, फैसलाबादबाट तीन जना, मुल्तानबाट चार जना र गुजरानवालाबाट एक जनालाई पक्राउ गरेको बताउनुभएको छ । 

अभियुक्तलाई इलेक्ट्रोनिक अपराध रोकथाम ऐन (पेटा) २०१६ का विभिन्न प्रावधानअन्तर्गत मुद्दा दर्ता गरिएको छ, डनले रिपोर्ट गरेको छ । डिजिटल उपकरण र सामाजिक मिडिया रेकर्ड अनलाइन नेटवर्क र पक्राउ परेका व्यक्तिसँग सम्बन्धित गतिविधि पत्ता लगाउन जाँच भइरहेको अधिकारीले बताएका छन् ।

एनसिसिआइए पञ्जाबका निर्देशक मुहम्मद अली वसीमले राज्य विरोधी प्रचार र आतङ्क र अस्थिरता सिर्जना गर्ने प्रयासरत व्यक्तिप्रति कुनै पुर्वाग्रह नराखी त्यस्ता तत्वविरुद्ध कारबाही जारी राख्ने बताउनुभएको छ । चालु महिनाको सुरुमा पन्जाबमा यसै गरी १३ जना राज्य विरोधी सामाजिक सञ्जाल प्रयोगकर्तालाई गिरफ्तार गरी कारबाही गरेको अधिकारीले बताएका छन् । रासस/एएनआई 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर