नेभिगेसन मेनु

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
सम्पादक:南亚网络电视
समय:2026-05-10 14:15

 

 huntaviruse-boat_gJu5gEkLKw

काठमाडौँ, वैशाख २७ गते । स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताउनुभएको छ ।

नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन् । उक्त जहाज पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापु समूहअन्तर्गत टेनेरिफे टापुमा आइतबार बिहान पुग्ने अपेक्षा गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस, स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया तथा गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्का शनिबार टेनेरिफे पुगेर यात्रु तथा चालकदललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्ने कार्यको समन्वय गर्ने तयारीमा रहेका छन् ।

स्थानीय बासिन्दालाई सम्बोधन गर्दै टेड्रोसले विगतको कोरोना महामारीको पीडा अझै ताजा रहेकाले मानिसहरूमा चिन्ता हुनु स्वाभाविक भएको बताउनुभयो । तर उहाँले हाल देखिएको हान्टाभाइरसको अवस्था कोरोना महामारीसरह नभएको र जोखिम नियन्त्रणमै रहेकोमा जोड दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन, स्पेनी अधिकारीहरू तथा जहाज सञ्चालन कम्पनीका अनुसार हाल जहाजमा रहेका कसैमा पनि भाइरसको लक्षण देखिएको छैन । सम्बन्धित निकायहरूले यात्रुहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् ।

हान्टाभाइरस प्रायः मुसा तथा अन्य कृन्तक जनावरबाट सर्ने भाइरस हो । यसको सङ्क्रमणले ज्वरो, थकान, श्वासप्रश्वासमा समस्या लगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यद्यपि विशेषज्ञहरूले हालको अवस्थालाई नियन्त्रणयोग्य रहेको बताएका छन् । रासस/एपी

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर