नेभिगेसन मेनु

बैतडीमा घरमै पासपोर्ट पुर्‍याउने सेवा सुरु
सम्पादक:南亚网络电视
समय:2026-04-29 12:57

 

 

image

वासुलिङ (बैतडी), वैशाख १६ गते । सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले बैतडीमा घरमै राहदानी (पासपोर्ट) पुर्‍याउने सेवा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला हुलाक कार्यालय बैतडीबीच २०८३ वैशाख १५ गते सम्झौता भएपछि उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो । सम्झौताअनुसार अब राहदानी बनाउन चाहने नागरिकले आफूले चाहेको स्थान, विशेषगरी घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस सेवामार्फत राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरदैलोमै पु¥याउने जनाएको छ । यसले विशेषगरी दुर्गम क्षेत्रका सेवाग्राही, ज्येष्ठ नागरिक तथा कार्यालयसम्म पुग्न असहज हुने व्यक्तिहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

कार्यालयका अनुसार सेवा सञ्चालनसँगै सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ । यसअघि राहदानी लिन जिल्ला प्रशासन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता रहेकामा अब हुलाकमार्फत घरमै सेवा प्राप्त गर्न सकिने भएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित निकायले सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय तथा व्यवस्थापन मिलाइएको जनाएको छ । साथै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी यो सुविधाको उपयोग गर्न आग्रह गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर