नेभिगेसन मेनु

पानी परे खेती, नपरे बाँझो
सम्पादक:南亚网络电视
समय:2026-04-13 14:17

 

 433

बाजुरा, चैत ३० गते । बाजुराको बुढीगङ्गा–१० का बदेडावासीले आकासे पानीको भरमा गहुँ, जौलगायत बालीको खेती गर्दै आएका छन् । खेतीका लागि प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । 

स्थानीय प्रेम नेपाली भन्नुहुन्छ, “गाउँमा कमाइखाने जमिन प्रशस्त छ तर त्यसमा सिँचाइ सुविधा छैन । कात्तिक, मङ्सिरमा पानी परे खेती लगाउँछौँ, नपरे त्यसै बाँझो छोड्ने गर्छौं ।” कात्तिक, मङ्सिरमा आकाशे पानीको भरमा लगाएको हिउँदे बाली पुस, माघमा पानी परे सर्पिन्छ । पानी परेन भने फेरि त्यो बाली पनि त्यसै सुकेर खेर जाने नेपालीले बताउनभुयो । बदेडावासीको खापरमाडौँ, तोल्यान, बाउँकुडा, कालापातल, तल्लामाडौँ, बाउनेमाडु, पानीभुवा, रोल, भतुडा, डाँडा, कबलतोलालगायतका ठाउँमा प्रशस्त खेतीयोग्य जमिन छ । यहाँको कालापातल र रोलका केही जमिनमा सिँचाइ सुविधा भए पनि अन्य ठाउँमा भने छैन । 

पानी नपर्दा खडेरीको समस्या भएर भोकमरीमा परिने डरले यहाँका स्थानीय कामको खोजीमा भारतमा जान्छन् । यहाँका कतिपय स्थानीयले हिउँदमा जमिन बाँझो राख्ने र बर्खाको समयमा मात्र खेती गर्छन् । बर्खाको समयमा धान र कोदो धेरै तथा हिउँदे बाली कम लगाउँछन् । करिब २५० परिवार रहेको यहाँका अधिकांश परिवार अहिले भारतमा छन् । जमिन भएर पनि सिँचाइको व्यवस्था नहुँदा उनीहरू भारत जान बाध्य भएका हुन । बुढीगङ्गा नगरपालिका –१० कि वडा सदस्य जगु सार्की भन्नुहुन्छ, “गाउँनजिक पानीको मुहान छैन । योजनामा पार्न ठुलो रकम चाहिन्छ । पालिकाले रकम बेहोर्न सक्दैन । त्यसैले यहाँ सिँचाइको अभाव हुने गरेको छ ।” 

बर्खाको समय यहाँ जताततै पानीको मुहान फुट्ने गर्छन् तर हिउँदमा ती मुहान चाँडै सुक्ने गर्छन् । स्थानीयले सिँचाइ सुविधाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग राख्दै आए पनि अहिलेसम्म कतैबाट कुनै सुनवाइ नभएको स्थानीयको गुनासो छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर