नेभिगेसन मेनु

रोकिएन अवैध नदीजन्य पदार्थ उत्खनन
सम्पादक:南亚网络电视
समय:2026-03-26 14:01

 

 211

काठमाडौँ, चैत १२ गते । बाँकेका विभिन्न नदी र खोलामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र ओसारपसार गर्ने कार्य निरन्तर जारी रहेको पाइएको छ । प्रहरीले पटक पटक अवैध उत्खननमा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिँदै आए पनि सो कार्य नरोकिएको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य बालुवा, गिट्टीलगायतको उत्खनन गरेर ओसारपसार गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिए पछि अवैध उत्खनन निरन्तर भइरहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न आठ वटा सवारीसाधन नियन्त्रणमा लिएको बताउनुभयो । 

उहाँका अनुसार प्रहरीले कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न एउटा जेसिबी, दुई वटा टिप्पर र एउटा ट्याक्टर गरेर चार वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई आवश्यक कारबाहीका लागि कोहलपुर नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । 

त्यस्तै बैजनाथ गाउँपालिका–२, मकैबारी क्षेत्रबाट जेसिबी एक, टिप्पर दुई र ट्याक्टर एक गरी चार वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा बुझाइएको छ । 

उहाँले नदीजन्य स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको जानकारी गराउँदै विभिन्न खोला र नदीमा निगरानी बढाइएको बताउनुभएको छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर