नेभिगेसन मेनु

निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान : निर्वाचन आयुक्त तुलाधर
सम्पादक:南亚网络电视
समय:2026-03-05 12:25

 

 BC157697-1F15-4E03-814A-6102C4425EA6

काठमाडौँ,  फागुन २१ गते । निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले आज भइहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्धक्कका साथ मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभएको छ । 

विहीबार बिहान ७ बजे लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ परेवाडाँडास्थित महेन्द्र मावि मतदान केन्द्रमा मतदान गर्नुहुदैं आयुक्त तुलाधरले यस्तो आह्वान गर्नुभएको हो ।  देश निर्वाचनमय भइसकेकाले सबै मतदाताले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न अनुरोध गर्नुभयो ।

उहाँले निर्वाचनको वातावरण व्यवस्थित र शान्त भएका कारण सबै मतदाता उत्साहका साथ मतदानमा भाग लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मैले बिहान ७ बजे नै आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेँ । यहाँ निकै शान्त र व्यवस्थित वातावरण पाएँ । सम्पूर्ण मतदाताहरुलाई आ–आफ्नो मतदान केन्द्रमा पुगेर निर्धक्कका साथ मतदान गर्न आग्रह गर्दछु ।”

निर्वाचनलाई सफल पार्न सबै निकायको भूमिका पनि अहम रहने हुने हुँदा मतदानको लागि सकारात्मक वातावरण बनाउन उहाँले सबैसँग आग्रह समेत गर्नुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर