नेभिगेसन मेनु

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सम्पादक:南亚网络电视
समय:2026-02-25 14:23

 

 _gold

काठमाडौँ, फागुन १३  गते ।  आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको छ । 

हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर