नेभिगेसन मेनु

दुई फर्मलाई विभागद्वारा जरिवाना
सम्पादक:南亚网络电视
समय:2026-02-23 13:01

 

 dc

काठमाडौँ, फागुन  ११  गते ।  नियमित बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ । 

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ । 

विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरु लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य  सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । 

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितीमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर