नेभिगेसन मेनु

बेँसीसहरको सार्वजनिक शौचालय अलपत्र
सम्पादक:南亚网络电视
समय:2026-02-16 16:06

 

 Sarbajanik-charpi-besishahar

काठमाडौँ, फागुन ४ गते । सदरमुकाम बेँसीसहर नगरपालिका–७, स्थित सहजी बसपार्कको सार्वजनिक शौचालय अलपत्र बनेको छ । सर्वसाधारण यात्रु र स्थानीयका लागि निर्माण गरिएको उक्त शौचालय अव्यवस्थित र भद्रगोल अवस्थामा रहेको पाइएको हो । 

बसपार्क जहाँ यात्रुहरूको चहलपहल धेरै हुने क्षेत्र यात्रुहरूकै सहजताका लागि बनाइएको शौचालय अहिले प्रयोग गर्न योग्य छैन । उक्त शौचालय २०६१–६२ सालमा तत्कालीन नगर विकास समितिले निर्माण गरेको हो । 

बसपार्कसँगै रहेको उक्त शौचालयको उचित व्यवस्थापन नहुँदा संरचना नै अलपत्र बन्न पुगेको छ । उक्त शौचालयमा केहीमा ढोका छैन भने भएका ढोकामा समेत चुक्कुल जडान गरिएको छैन । 

शौचालयमा पानीका लागि ट्याङ्की समेत राखिएको छ, ट्याङ्कीमा पुमाखाेलाबाट सिधै पाइप जडान गरिए पनि शौचालयमा राखिएका धारामा पानी झरेको छैन ।  शौचालयको बाहिर पट्टी प्रयोग गर्दा शुल्क तोकिएको सूचना समेत टाँसिएको छ  । तर शुल्क लिने वा शौचालयको सरसफाइ तथा व्यवस्थापन गर्ने कोही देखिँदैन ।

यस विषयमा लमजुङ बसपार्क सहजी विकास समाजका अध्यक्ष रामबहादुर गुरुङले बसपार्क नै व्यवस्थित नहुँदा शौचालयको अवस्था पनि अलपत्र बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क बाहिर सडकमा सवारी साधन राख्छन्, शौचालयमा गाँजा खानेहरूको जमात हुन्छ । यसबारे हामीले पटक–पटक नगरपालिका र सुरक्षा निकायमा जानकारी गरायौं तर कुनै सुनुवाइ भएन ।” 

अध्यक्ष गुरुङले सहजीमा बसपार्क हुँदाहुँदै सवारी सञ्चालकले मनाङेचौतारा र झिङ्गे खोलामा काउन्टर राखेर काम गरिरहेको बताउनुभयो । सहजी विकास समाजका कोषाध्यक्ष होमप्रसाद गुरुङले उक्त शौचालयलाई प्रयोगयोग्य बनाउन मर्मत कार्य अघि बढाइएको बताउनुभयो । 

पानी ट्याङकी चुहिने भएकाले सोको मर्मत, ढोका बनाउने, चुक्कुल जडानका लागि आवश्यक व्यवस्थापनमा लागेको बताउनुभयो । सार्वजनिक स्थानमा रहेको यस्तो संरचनाको उचित व्यवस्थापन र नियमित अनुगमन नहुनु स्थानीय सरकारको कमजोरीका रूपमा देखिएको छ । 

यात्रुहरूका अनुसार बसपार्कजस्तो भिड हुने स्थानमा शौचालय प्रयोग गर्न नसक्दा समस्या थपिएको छ । सार्वजनिक शौचालयको व्यवस्थापन, सरसफाइ र अनुगमन गर्ने मुख्य जिम्मेवारी सम्बन्धित नगरपालिका वा उसले तोकेको निकायको हुने गर्छ ।  जिम्मेवारी स्पष्ट नहुँदा र अनुगमन नहुँदा सहजी बसपार्कको शौचालय अहिले अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ । 

तत्कालीन नगरविकास समितिले नापजाँच गरेर सार्वजनिक जग्गा क्षेत्र यकिन गरेर शौचालय निर्माण गरे पनि हाल स्थानीयबाट व्यक्तिगत जग्गामा शौचालय रहेको दावी समेत गर्दै आएको लमजुङ बसपार्क सहजी विकास समितिले जनाएको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर