नेभिगेसन मेनु

जुम्लाका अटो व्यवसायी आन्दोलित
सम्पादक:南亚网络电视
समय:2026-01-08 12:24

 

 611799208_1501004508697877_7931417007784552063_n

सिँजा (जुम्ला), पुस २४ गते । जुम्लाका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । जिल्लाभरी अटो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि सबै अटोहरू राखी प्रदर्शन गरिएको छ । अटो व्यवसायीका अनुसार जुम्लाको बजार क्षेत्र सानो भएकाले सीमित क्षेत्रमै अटो सञ्चालन गर्नुपर्दा जीविकोपार्जन गर्न कठिन भएको छ । त्यसैले तातोपानी गाउँपालिकादेखि चन्दननाथ नगरपालिकाको बजार क्षेत्रसम्म अटो सञ्चालन गर्न अनुमति दिनुपर्ने उनीहरुको माग छ ।

भैरवनाथ यातायात सेवा प्रालि जुम्लाका इन्चार्ज राजबहादुर रोकायाका अनुसार हाल तातोपानीदेखि चन्दननाथ नगरपालिकाको सीमित बजार क्षेत्रमा मात्र अटो चलाउन दिइएको छ । जसका कारण अटो व्यवसायीहरुले आफ्नो दैनिक खर्चसमेत धान्न नसकेको अवस्था रहेको उहाँको भनाइ छ । अटो चलाउन पाउँदा आफ्नो जीविकोपार्जन गर्न सकिने रोकायाले बताउनु भयो । उहाँका अनुसार भैरवनाथ यातायात सेवा प्रालिसँग एक सय १६ वटा अटो दर्ता रहेका छन् भने जुम्ला जिल्लाभर करिब दुई सय २० वटा अटो सञ्चालनमा छन् ।

यसैबिच अटो व्यवसायीहरुले तातोपानी गाउँपालिका–२ जर्मी गाउँ नजिकैको राजमार्गमा अटो तेर्साएर सडक अवरुद्ध गरेका छन् । माग पूरा नभएसम्म अनिश्चितकालीन रूपमा राजमार्ग बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । राज्यले गरिब नागरिकलाई काम गरेर खानसमेत नदिएको आरोप लगाउँदै रोकायाले अटो व्यवसायीको माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले अटो व्यवसायीले जिल्लाभरी सञ्चालन गर्न पाउनुपर्ने माग राखेको छ ।

कानुन अनुसार जिल्लाभरी अटो सञ्चालन गर्न दिने व्यवस्था नरहेको उहाँले स्पष्ट पार्नु भयो । अटो व्यवसायीको मागप्रति प्रशासन गम्भीर रहेको बताउदै उहाँले हालको कानुनी व्यवस्था अनुसार अटोहरू पालिकाको सिमाना भित्र मात्र सञ्चालन गर्न पाउने नियम रहेको जानकारी दिनुभयो । अटो व्यवसायीले बजारदेखि नाग्मसम्म सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । प्रशासनले समस्या समाधानका लागि संवादको ढोका खुला राखेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अटो व्यवसायी, सम्बन्धित पालिका र सरोकारवाला निकायसँग थप छलफल गर्ने तयारी भइरहेको बताउनुभयो । छलफल मार्फत कानुनी सीमाभित्र रहेर सम्भावित विकल्प खोजिने उहाँको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर