नेभिगेसन मेनु

एसिसी यु–१९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा
सम्पादक:南亚网络电视
समय:2025-11-28 12:49

 

 BB-0

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।

लगातार दोस्रो जित निकालेको नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसअघि मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हराएको थियो । 

जितका लागि नेपालले दिएको दुई सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रनमा समेटिएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । 

नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली युएई र ओमान भिड्नेछन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर