नेभिगेसन मेनु

लद्दाख हिंसा: चार जनाको मृत्यु, ७० बढी घाइते, पूर्ण राज्यको माग
सम्पादक:南亚网络电视
समय:2025-09-25 11:55

 

 laddakh-2592025052026-1000x0

नयाँ दिल्ली — भारतको लद्दाखलाई राज्यको मान्यता र छैटौं अनुसूचीमा समावेस गर्न माग गर्दै जारी आन्दोलन बुधबार हिंस्रक हुन पुग्यो । उक्त हिंसामा चार जनाको ज्यान गएको छ भने ३० प्रहरी र सीआरपीएफका  जवानसहित ७० जना घाइते भएका छन् ।

लद्दाखमा रहेको भारतीय जनता पार्टीको कार्यालयमा पनि आगजनी गरिएको छ । भाजपाले लद्दाख हिंसामा कांग्रेसको खतरनाक षड्यन्त्रको हिस्सा रहेको आरोप लगाएको छ । कांग्रेसले लद्दाखमा हिंसा भड्काएर देशमा बंगलादेश, नेपाल र फिलिपिन्सजस्तो परिस्थिति निम्त्याउन खोजेको भाजपाको आरोप छ ।

लद्दाखमा विरोध प्रदर्शनलाई ‘जेन–जी’द्वारा सञ्चालितजस्तो देखाउने कोशिस गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पर्यावरणविद् तथा सामाजिक अभियान्ता सोनम वांगचुकको १५ दिनदेखिको आमरण अनसनपछि प्रदर्शन उग्र बनेको हो । बीबीसीसँग कुरा गर्दै वांगचुकले लद्दाखको लेहमा बुधबार भएको हिंसापछि अनसन समाप्त गरेको बताएकी छन् । साथै उनले मानिसहरुलाई शान्ति स्थापनाका लागि अपिल गरेकी छिन् ।

लद्दाखका उप–राज्यपाल कविन्दर गुप्ताका अनुसार लेह जिल्लामा कर्फ्यू लगाएको छ । प्रदर्शनकारी केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने र त्यसबाहेक संविधानको छटौं सूचीमा समावेश गर्नुपर्ने माग गर्दै आएका छन् ।

समाचार एजेन्सी पीटीआएका अनुसार भीडलाई तितरबितर पार्न अश्रु ग्यास र लाठीचार्ज गरिएको थियो । सामाजिक सञ्जालहरुमा साझा गरिएका केही भिडियोहरुमा कैयौं सवारीसाधन जल्दै गरेको र झडप हुँदै गरेको देखिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर