नेभिगेसन मेनु

जेनजी आन्दोलन : क्षतिग्रस्त बागमतीका संरचनाहरूको प्राविधिक परीक्षण सुरु
सम्पादक:南亚网络电视
समय:2025-09-22 12:15

 

 bagmati_K1Sbvrzare

मकवानपुर । जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरिएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञ समूहहरूको संयुक्त टोलीले प्रदेश राजधानी हेटौँडाका विभिन्न मन्त्रालय, कार्यालय र निकायहरूको अवस्थाको मूल्याङ्कन गरिरहेको हो ।

काठमाडौँबाट २ जना विशेषज्ञसहितको प्राविधिक टोलीले आधुनिक उपकरण प्रयोग गरी भवनहरूको विस्तृत जाँच गरिरहेको मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए । टोलीले मुख्यतया भवनहरू संरचनागत रूपमा बस्न योग्य छन् वा छैनन् भन्ने कुरामा ध्यान केन्द्रित गरेको उनले बताए ।

‘यो केवल आँखाले हेरेर गरिएको निरीक्षण मात्र होइन । करिब १५ वर्षको अनुभव भएका विज्ञहरूले उपकरणसहित परीक्षण गरिरहनुभएको छ । त्यसैले हामी परिणामप्रति आश्वस्त छौँ ।’ उनले भने, ‘क्षतिको विवरण सङ्कलन गर्न खटिएको प्राविधिक टोलीले आफ्नो काम लगभग ७० प्रतिशत सम्पन्न गरिसकेको छ । त्यसलाई एकीकृत गरी क्षतिको यकिन विवरण एक–दुई दिनभित्र तयार हुनेछ ।’

प्राविधिक टोलीले पहिलो चरणमा हेटौँडाका मुख्य सरकारी भवनहरूको निरीक्षण सकिएपछि टोली जिल्लाका प्रादेशिक कार्यालयहरूको अवस्था बुझ्न जाने योजना रहेको उनको भनाई छ । प्राविधिक टोलीले आफ्नो प्रतिवेदन एक हप्ताभित्र सचिवस्तरीय कार्यदलमा पेस गर्ने उनले बताए ।

उक्त कार्यदलले आवश्यक अध्ययन र नीतिगत विषयहरू समेटेर अन्तिम निर्णयका लागि मन्त्रीस्तरीय कार्यदलमा सिफारिस गर्ने उनले बताए । प्रतिवेदनले दिने सुझावका आधारमा संरचनागत मर्मत (रेट्रोफिटिङ) को काम तत्कालै सुरु गर्ने उनले बताए ।

सामान्य क्षतिको संरचनागत मर्मतको काम १० देखि १५ दिनमा सकिने अनुमान छ भने पार्टिसन, बिजुलीबत्ती, एसी जस्ता अन्य गैर–संरचनागत कामहरू छुट्टै खरिद प्रक्रियामार्फत अघि बढाइने सचिव मरहठ्ठाले बताए । 

प्राविधिक परीक्षण र त्यसपछिको पुनर्स्थापनाले प्रदेश सरकारका कार्यालयहरूलाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्न र भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न स्पष्ट मार्गनिर्देश गर्ने उनले विश्वास व्यक्त गरे ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर