नेभिगेसन मेनु

खसी किन्ने क्रममा नेपालगन्जमा झडप, एक जनाको मृत्यु, ५ जना घाइते
सम्पादक:南亚网络电视
समय:2025-09-21 12:33

 

 Banke_District_Final_Map_1024x8131696325727

बुटवल । बाँकेको नेपालगन्जमा  खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्का समूहले किनेपछि झडप हुँदा नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको  मृत्यु भएको हो।

विवादमा  ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले रातोपाटीलाई बताए ।

उनले खसी बोका खरिद गर्ने दुई समूह आफन्त रहेको खुलाए । घटनामा अन्य ५ जना घाइते भएका छन् । ४जना नेपालगन्जमा  रहेको सञ्जीवनी मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् भने एक जनालाई उपचारको लागि भारत लगिएको छ।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्जका मुस्ताफ अलि बेहना, सेराज अलि बेहना, ईस्थाक अलि बेहना र चाँदबावु बेहना रहेका छन्। विवाद गर्ने दुई समूहमा नाताले सालो–भेना पर्ने पनि रहेको बताइएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर