नेभिगेसन मेनु

इंग्ल्यान्ड फेरि वुमेन्स युरो च्याम्पियन
सम्पादक:南亚网络电视
समय:2025-07-28 13:10


england women champions

एस् ए टी भी १२ साउन २०८२, काठमाडौँः इंग्ल्यान्डले नयाँ फुटबल इतिहास रच्ने क्रममा आइतबार स्पेनलाई हराएर वुमेन्स युरो २०२५ को उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्ड टाइब्रेकरमा ३–१ ले विजयी रहेको हो । बासेलमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । पेनाल्टी सुटआउटमा क्लोइ केलीले निर्णायक गोल गरिन् । स्पेन लगातार तीन पेनाल्टीमा गोल गर्न चुकेको थियो ।

त्यसमध्ये दुई प्रहार इंग्लिस गोलरक्षक हनाह ह्याम्पटनले बचाइन् । स्पेनले पहिलो हाफमा म्यारिना काल्डेन्टेरीको गोलले अग्रता लिएको थियो । त्यपछि एलेना रुसोले इंग्ल्यान्डका लागि दोस्रो हाफमा बराबरी गोल फर्काइन् ।

इंग्ल्यान्डले विदेशी भूमिमा कुनै पनि ठूलो उपाधि जितेको यो नै पहिलो पटक हो । इंग्ल्यान्डकी प्रशिक्षक सरिना वेघमनका लागि पनि यो ठूलो उपलब्धी रह्यो । उनले लगातार तेस्रो पल्ट फरक दुई टिमका लागि युरोपको उपाधि चुमिन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर