नेभिगेसन मेनु

‘माग्ने राजा’को प्रवर्धन सामग्रीको चर्चा, गीतलाई २१ लाख भ्यूज
सम्पादक:南亚网络电视
समय:2025-07-27 18:30


Magne_raja

 

एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः फिल्म ‘माग्ने राजा’ निर्माणको घोषणा भएसँगै चर्चामा छ । फस्टलुक, टिजर र गीत सार्वजनिक भएपछि यसका प्रवर्धन सामग्रीले दर्शकको ध्यान तानिरहेका छन् ।

केही दिन अघि सार्वजनिक गीत ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतले युट्युबमा राम्रो भ्यूज पाएको छ । रिलिजको ५ दिनमै गीतले युट्युबमा २१ लाख भ्यूज पाएको छ ।

टिकटकमा पनि यो गीतमा भिडियो बनाउने उल्लेख्य छन् । ऋषि लामिछाने निर्देशित यो फिल्मको निर्मातामा मुनाल घिमिरे छन् ।

भदौ ६ गतेबाट प्रदर्शन तयारीमा रहेको यो फिल्ममा केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल लगायतको अभिनय छ । सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका हुन् ।

यसअघि आफ्ना फिल्म र सिरियलबाट दर्शकलाई रुवाउँदै आएका निर्देशक लामिछानेले यसपटक दर्शक हँसाउने तयारी गरेका छन् ।

फिल्मको टिजर र गीतसंगीतले दर्शकको उच्च साथ पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मले समसामयिक कथालाई कमेडीको शैलीमा पेश गरेको छ ।

अधिकांश फिल्ममा सहायक कलाकारको रुपमा देखिएका कलाकार घिमिरे यसपटक मुख्य भूमिकामा छन् । यसले, पनि दर्शकका लागि उनको भूमिका विशेष हुने देखिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर