नेभिगेसन मेनु

मुस्ताङमा गाँजाको बोट नष्ट गरिँदै
सम्पादक:南亚网络电视
समय:2025-06-17 12:00


ganja mustang

एस् ए टी भी ३ असार, काठमाडौंः मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र घाँसामा खेतबारी र सार्वजनिक स्थानमा उम्रिएको गाँजाको बोटबिरुवा प्रहरीले नष्ट गरेको छ । स्थानीय भाषामा भाँगो भनिने बोटको पात हातमा लगाएर गाँजा निकाली सेवन गर्ने र कारोबार समेत हुन थालेपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदायकै सहयोगमा करिब चार रोपनीमा रहेको १९ सय ५० बोटहरू फडानी गरिएको हो ।

प्रतिबन्धित लागुऔषधको सूचीमा राखेको गाँजा तल्लो मुस्ताङमा कृषकको खेतबारी तथा सार्वजनिक स्थानमा पुगेर घुम्न आएका पर्यटक, कुलतमा फसेका स्थानीयहरूले प्रयोग गर्न थालेको स्थानीयले समेत गुनासो गरेपछि सबै प्रहरी चौकीमार्फत गाँजा खोज र नष्टको अभियान सुरु गरिएको प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

अधिकारी भन्नुहुन्छ, ‘‘यो पर्यटकीय जिल्ला भएकाले बाहिरबाट समेत दुर्व्यसनीहरु आउने सम्भावना धेरै हुन्छ, गाँजा देख्दा वित्तिकै स्थानीयलाई सूचना दिन अनुरोध गरेका छौ ।’’

जिल्ला प्रहरी कार्यालय मुस्ताङले स्थानीय जनप्रतिनिधिसहित उपस्थितिमा गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको जनाएको छ । चिसो हावापानीमा हुर्किएको भन्दै सेवनकर्ताले छिमेकी जिल्ला म्याग्दीबाट समेत तल्लो मुस्ताङसम्म पुग्छन् । सुरुवातमा चुरोट, गाँजा सेवनकर्ताहरु पछि सुईबाट दिइने लागुऔषधको प्रयोगकर्ता भइरहेको प्रहरीको भनाइ छ ।

स्थानीयले घरआगन, खेतबारीमा लगाइएको लेकाली भाँगो फडानी गरेको गुनासोपछि प्रहरीले स्थानीयलाई गाँजाको रुपमा प्रयोग हुने विधिका बारेमा समेत जानकारी गराउने गरेको छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागुऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ । गाँजा या भाँगो जे भनिए पनि अवैध लागुऔषध बनाउन प्रयोग गरिएकाले कानुनविपरीत मानिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर