नेभिगेसन मेनु

४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न, चार सय बढी लाभान्वित
सम्पादक:南亚网络电视
समय:2025-06-12 11:50


khanepani

एस् ए टी भी २९ जेठ, काठमाडौंः मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन्। ती योजनाहरूबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर