नेभिगेसन मेनु

बि आर आईमा सहमति जनाइसकेपछि यसको सांस्कृतिक, आर्थिक पक्ष सङ्ग हाम्रो आबद्धता रहन्छ; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी
सम्पादक:南亚网络电视
लेखक:Manoj Neupane
समय:2025-06-10 18:52


IMG_5791

एस् ए टी भी २७ जेठ, काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बि आर आई फ्रेमवर्कमा सहमति जनाइसकेको अवस्थामा यसको प्रभाव पक्षमा नेपालको पनि उत्तिकै आबद्धता रहने जनाएका छन्। फ्रेण्ड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा सञ्चालित "साझा भविष्य सहितको समुदाय निर्माण" नामक अन्तरक्रियात्मक कार्यक्रममा सरिक हुँदै मन्त्री भण्डारीले आफ्नो वरपर रहेका दुई छिमेकी बजारलाई उपयोग गर्न नेपाल सरकारको प्रयास जारी रहेको जानकारी गराए। हाम्रो देशको आपूर्तिमुखी व्यापारलाई निर्यातमुखी बनाउन नेपाल सरकारले अधिकतम प्रयास गरिरहेको र उक्त प्रयासको एउटा उदाहरण नेपालका उत्पादनमा चीनमा शून्य भन्सार रहेको पनि बताए।

IMG_5745

चीनले विश्वव्यापी रूपमा लिएको साझा भविष्य निर्माणको नीतिलाई समर्थन गर्दै यसबाट नेपाल र नेपालीले कसरी फाइदा लिन सक्छन् तथा शान्तिपूर्ण सहअस्तित्व तथा सहकार्यमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बहस र विमर्शको निम्ति आयोजित सेमिनारले त्यस तर्फ कोषेढुङ्गाको काम गरेको छ। चीनले अपनाएको उक्त नीतिको सकारात्मक सदुपयोगले नेपाललाई कस्तो फाइदा र उन्नतिको बाटो पक्रन सहयोग पुग्न सक्छ भन्ने विषयमा सेमिनार केन्द्रित रहेको थियो।

IMG_5716

उपस्थित चीन नेपाल सम्बन्ध सङ्ग सम्बन्ध राख्ने प्रबुद्ध वर्गलाई स्वागत गर्दै फ्रेण्ड्स अफ सिल्क रोड क्लबका महासचिव कल्यान राज शर्माले यो सेमिनारले नेपाल चीन सहकार्यलाई अझ मजबुत बनाउन र चीनको प्रगति सङ्ग सिक्ने अवसर प्रदान गर्न भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। उनले सिल्क रोड सभ्यतालाई नेपाल मात्रै नभई अन्य थुप्रै राष्ट्रका सभ्यताहरूसँग सामञ्जस्य मिलाउन चीन लागिपरिरहेको र यसको फाइदा उठाउँदै चीनको उदाउँदो आर्थिक छवि सङ्ग तालमेल मिलाउनु पर्नेमा जोड दिए।

IMG_5753

भर्खरै उच्चस्तरीय भ्रमण टोली सङ्गै चीन भ्रमण गरेर आएका पब्लिक सर्भिस ब्रोडकास्टिङ एजेन्सीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले भ्रमणको समय सम्झँदै चीनबाट सिक्नु पर्ने धेरै कुरा रहेको बताए। उनले जसरी चीनले आफ्नो सानो भन्दा सानो सांस्कृतिक अवशेषलाई बचाएर त्यसबाट पर्यटन तथा अन्य थुप्रै कुरामा फाइदा लिइरहेको छ त्यसको सिको गर्न सके हामीले प्रगतिको पथ चढ्न धेरै समय कुर्नु नपर्ने बताए। प्रविधि, आर्थिक उन्नति मात्रै नभएर चीन प्राकृतिक तथा सभ्यताको हिसाबले पनि विश्वका अन्य देश भन्दा धनी रहेको कुरा पनि जनाएका थिए।

IMG_5807

चीन नेपाल सम्बन्धका जानकार लीला न्याइछ्याइ, डा. उद्धव प्याकुरेल, डा, विक्रम तिमिल्सेना लगायतले चीनले अघि सारेको विश्वलाई एउटा विकसित गाउँ बनाउने नीति अत्यन्तै सुन्दर रहेको र यसको एउटा हिस्सा बन्नको लागि त्यो किसिमको मानसिकता तयार रहनु पर्नेमा जोड दिए। हामी विकासका कुरा गर्छौँ तर त्यसकालागि न्यून तयारी गर्छौँ भन्दै विज्ञहरूले यसको निम्ति मोफसलमा पनि यस्ता प्रकारका सेमिनारहरूको आवश्यकता रहेको विज्ञहरूको राय रहेको थियो।

IMG_5738

कार्यक्रमले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थप्दै नेपालको आर्थिक समृद्धिमा चीनको उदाउँदो प्रभावले पारेको सकारात्मक असरका बारे गहिरो विमर्श गर्‍यो। सो सम्बन्धमा नेपाल अझै संयमित र सक्रिय रहनु पर्नेमा जानकारहरूले जोड दिएका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर