नेभिगेसन मेनु

पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा
सम्पादक:南亚网络电视
समय:2025-06-10 11:39


purchaudi

एस् ए टी भी २७ जेठ, काठमाडौंः बैतडीको पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चाैडीलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो ।

पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप एकिन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरको भनाइ छ । यसअघि नगरपालिकाका १० वटै वडाहरुलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।

बालबालिकाहरुलाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, नगरपालिकाले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरले बताउनुभयो । पूर्ण खोप सुनिश्तिता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको कुवँरले बताउनुभयो ।

नगरपालिकाले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरुले खोप पाए नपाएको एकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ । कार्यक्रममा नगरप्रमुख दीपक बहादुर बम, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशी, १० वटै वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर