नेभिगेसन मेनु

कटहरीमा २ सय शय्याको सामुदायिक अस्पताल
सम्पादक:南亚网络电视
समय:2025-06-08 12:11


samudaik hospital

एस् ए टी भी २५ जेठ, काठमाडौंः मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ सय शैय्याको सामुदायिक अस्पताल निर्माण गरिएको छ ।

जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । यो अस्पतालमा कुल लगानी दुई अर्ब रुपैयाँ रहेको छ ।

अस्पतालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले अस्पताललाई पाँच सय शय्या क्षमतासहितको मेडिकल कलेजमा रूपान्तरण गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए । मण्डल मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

उनका अनुसार अस्पतालमा हाल २५ शय्याको आईसीयू, ९ शय्याको एनआईसीयू, १० शय्याको सीसीयूसहित अत्याधुनिक सेवा सुरु भइसकेको छ । आकस्मिक सेवा, ओपीडी सेवा, पेनलेस डेलिभरी, दुरबिन प्रविधिबाट सर्जरी, बालरोग उपचार तथा डायलासिस सेवा उपलब्ध हुनेछ । २०० भन्दा बढी जनशक्ति कार्यरत अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकहरू सेवा दिनेछन् ।

अस्पतालसँगै स्थापना गरिएको टेक्निकल एजुकेसन सेन्टरमार्फत एमबीबीएस, नर्सिङ, फार्मेसी, मेडिकल ल्याब, फिजियोथेरापी र रेडियोलोजी विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको मण्डलले जनाए ।

आठ तलाको तीन ब्लकमा फैलिएको अत्याधुनिक अस्पताल तथा शिक्षण संरचना बालमैत्री, महिला, अपाङ्ग र अशक्तमैत्री रूपमा डिजाइन गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर