नेभिगेसन मेनु

एससिओ डेमोन्स्ट्रेशन क्षेत्र (नेपाल) संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन सम्मेलन सफल
सम्पादक:南亚网络电视
समय:2025-05-24 16:20


2

एस् ए टी भी १० ज्येष्ठ, काठमाडौं: चीनको एससिओ डेमोन्स्ट्रेशन क्षेत्र (एससिओडिए)ले आयोजना गरेको संस्कृति, पर्यटन र आर्थिक-व्यापार प्रवर्द्धन सम्मेलन काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले दुई देशबिच बहु क्षेत्रीय सहयोगको नयाँ अध्याय सुरुवात गरेको आयोजकले जनाए।  

मन्त्री भण्डारीले गरे चिनियाँ लगानी र प्रविधिको स्वागत   

微信图片_20250523220324

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मेलनमा बोल्दै नेपाल सरकारले चिनियाँ लगानी र प्रविधिलाई स्वागत गर्ने र व्यापार असन्तुलन घटाउन चासो राखेको बताए। "चीनले नेपाली उत्पादनमा शून्य प्रतिशत सीमा शुल्क लागू गरेकोले नेपाली उद्यमीहरू प्रोत्साहित भएका छन्। यसले दुई देशबिचको व्यापारिक सम्बन्ध बढाउनेछ," उनले भने। मन्त्री भण्डारीले चिनियाँ लगानीकर्ताहरूलाई आकर्षित गर्न नीतिगत सुधार गरिने पनि जानकारी गराए।  

एससिओ डेमोन्स्ट्रेशन क्षेत्रले तीन क्षेत्रमा सहयोग बढाउने  

微信图片_20250523220857

चीनको एससिओ डेमोन्स्ट्रेशन जोनका उप-सचिव ली काङले आफ्नो भाषणमा एससीओ डेमोन्स्ट्रेसन जोनलाई "चार वटा केन्द्र" को विकासद्वारा समर्थन गरिएको र बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत खुलापनका लागि नयाँ संस्थागत प्लेटफर्म निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले नेपालसँग सहकार्य गहिरो बनाउने तीन प्रमुख क्षेत्रहरू कोरिडोर निर्माण, संस्कृति र पर्यटन सम्बन्धी सहकार्य, तथा आपसी सांस्कृतिक आदानप्रदानको प्रस्ताव पनि गरेका थिए  

उद्योग प्रतिनिधिहरूद्वारा सहयोगका सम्भावनाहरू प्रस्तुत   

सम्मेलनमा चीन र नेपालका व्यावसायिक संस्थाहरूले आ-आफ्ना परियोजनाहरू प्रस्तुत गरेका थिए। छिङ्ताओ शाङ्हे कम्पनी, हिमालय इन्टरनेशनल लजिष्टिक्स, र साथी ट्राभल एजेन्सीले सीमा पार पर्यटन, लजिष्टिक्स र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्ने सम्भावना बारे छलफल गरेका थिए।  

सम्झौताहरूमा हस्ताक्षर  

कार्यक्रमको अवसरमा नेपाली चियाको बजार चीनमा विस्तार गर्न छिङ्ताओ एससिओ सांस्कृतिक पर्यटन कम्पनी, एससिओए नेपाल प्याभिलियन र नेपाल टी गार्डेनबिच सम्झौता भएको थियो। त्यस्तै, शाङ्हे होल्डिङ्ग र साथी ट्राभल्सले चीन-नेपाल बिच उच्च गुणस्तरीय पर्यटन प्याकेज विकास गर्न सहमति जनाएका थिए।  

दुई देशबिच सहकार्यको नयाँ चरण  

1

यो कार्यक्रम चीन र नेपालबिच बेल्ट एन्ड रोड पहल अन्तर्गत साझेदारी बढाउने महत्त्वपूर्ण पहल हो। सन् २०२५ मा चीन-नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ पर्नेछ, जसलाई दुवै देशले बहु आयामिक सहयोग विस्तार गरेर मनाउने तयारी गरिरहेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर