नेभिगेसन मेनु

अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
सम्पादक:南亚网络电视
समय:2025-04-16 12:10

china arthatantra

एस् ए टी भी ०३ वैशाख, काठमाडौँः यस  वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले बढेको छ । त्यहाँको सरकारले बुधबार जारी गरेको तथ्याङ्कले यस्तो देखाएको हो । वृद्धिको यो दर अपेक्षा गरिएभन्दा धेरै हो । वर्षको जनवरीदेखि मार्चको बिचमा चिनियाँ अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अधिकांश अर्थशास्त्रीहरूको अनुमान थियो । 

चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किँदै गइरहेकोले वर्षको बाँकी अवधिमा भने आर्थिक वृद्धिको परिदृश्य धूमिल देखिएको छ । पहिलो त्रैमासमा अमेरिकामा भित्रिने चिनियाँ सामानमाथिको अतिरिक्त भन्सार महसुल १० प्रतिशत थियो । 

दोस्रो त्रैमासको सुरुमा यो बढेर १४५ प्रतिशतमा पुगेको छ । यस्तोमा सरकारले पनि आर्थिक गतिविधिलाई प्रोत्साहन दिने र महँगीलाई भर्पाई गर्ने गरी थप स्टिमुलस कार्यक्रम ल्याउने दबाब बढेको छ  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर