नेभिगेसन मेनु

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा
सम्पादक:南亚网络电视
समय:2025-03-16 11:50
265

mbabe

एस् ए टी भी ३ चैत, काठमाडौँः रियल मड्रिड स्पेनिस लालिगा फुटबलको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भिलारियललाई पराजित गर्दै  रियल शीर्ष स्थानमा उक्लिएको हो।

उसले  २८ खेलबाट ६० अंक बनाएको छ।

गएराति एल मद्रिगालमा भिलारियललाई रियलले २-१ गोलले पराजित गर्‍यो।

दुवै गोल केलियन एम्बाप्पेले हानेका थिए।

सातौं मिनेटमा जुआन फोयथले गोल गरेपछि रियल पछि परेको थियो।

एम्बाप्पेले १३ औं मिनेटमा बराबरी गोल फर्काए भने २३ औं मिनेटमा गोल थपे। उनको त्यही गोल खेलमा निर्णायक बन्यो।

जितसँगै बार्सिलोनालाई तीन अंकले उछिनेर रियल शीर्षस्थानमा उक्लिएको हो। बार्सिलोनाले रियलले भन्दा दुई खेल कम खेलेको छ। उसको ५७ अंक छ।

पराजित भएको भिलारियल ४४ अंकसहित पाँचौं स्थानमा छ।

गएराति नै भएको खेलमा मलोर्काले इस्पानोललाई २-१ गोलले, सेल्टा भिगोले भालाडोलिडलाई १-० गोलले पराजित गर्दा जिरोना र भ्यालेन्सियाले १-१ गोलको बराबरी खेले।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर